रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी–व्यवसायीहरूको अपिल
सोमबार, फागुन १८, २०८२
बुटवल- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ मा नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका चुन्नप्रसाद शर्मा पौडेललाई मत दिन उद्योगी–व्यवसायीहरूले आग्रह गरेका छन् ।काँग्रेसको उद्योगी–व्यवसायी परिचालन उपसमितिका संयोजक हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई व्यक्तिको प्रतिष्ठाभन्दा पनि देश रुपान्तरणको अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रत्यक्ष तथा समानुपातिक दुवै मतपत्रमा रुख चिन्हमा मतदान गरी काँग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गरिएको छ ।
राप्रपा लुम्बिनीका प्रदेश अध्यक्ष उदयले भने– ‘क्षेत्रको निर्णय नै आधिकारिक निर्णय हो’
सोमबार, फागुन १८, २०८२
बुटवल- रुपन्देहीको क्षेत्र नं. २ मा नेपाली काँग्रेसलाई समर्थन गरेको क्षेत्रको निर्णय नै पार्टीको आधिकारिक निर्णय भएको राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले प्रष्ट गरेका छन् ।उनले सोमबार बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै रुपन्देही २ मा पार्टीको आफ्नै उम्मेद्वार नभएको अवस्थामा क्षेत्रीय समितिको बैठकले पार्टीको सिद्धान्त र वैचारिक भिन्नता भएपनि पार्टीले...
रूपन्देही २ का विषयमा राप्रपाभित्र विवाद, कांग्रेसलाई समर्थन नगरेको स्पष्टोक्ति
सोमबार, फागुन १८, २०८२
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले रूपन्देही क्षेत्र नम्बर २ मा आफ्नो पार्टीले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारमा कुनै सत्यता नभएको जनाएको छ । सोमबार सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै ती समाचारमा सत्यता नभएको बताएका हुन्।
बिश्वदीपको एक महिने घरदैलो अभियान: तीन दशकदेखिको शासन तोड्ने उद्घोष
आइतबार, फागुन १७, २०८२
बुटवल-रुपन्देही क्षेत्र न–ं २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले बुटवल क्षेत्रमा तीन दशकदेखि एउटै व्यक्तिको शासन रहेको भन्दै त्यसलाई तोड्न आफू चुनावी मैदानमा आएको बताएका छन ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तारा चुनाव चिन्हका उम्मेदवार पाण्डेले यसपटक जनताले कांग्रेस, एमालेजस्ता पुराना शक्ति र दृष्टिकोणविहीन दलहरुलाई पाखा लगाउने जिकिर समेत गरेका छन...
बुटवल–११ मा एमालेको घरदैलो
आइतबार, फागुन १७, २०८२
बुटवल : बुटवल उपमहानगरपालिका–११ मा नेकपा (एमाले) ले घरदैलो अभियान उत्साहजनकरुपमा सम्पन्न गरेको छ । बुद्धनगर, पवित्रनगर, हात्तीसुँड लगायतका क्षेत्रमा स्थानीय मतदाताको उल्लेख्य उपस्थितिसहित एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
राजनीतिमा चुन्न पौडेलको ‘डेब्यु’
आइतबार, फागुन १७, २०८२
नेपाली राजनीतिमा अक्सर ‘गफ’ गर्नेहरूको बाहुल्यता देखिन्छ, जहाँ आश्वासनका पुल त बन्छन्, तर भुइँमान्छेको जीवनस्तरमा परिवर्तनको अनुभूति खासै हुँदैन । तर कहिलेकाहीँ राजनीतिको यो धमिलो पोखरीमा यस्ता पात्रको प्रवेश हुन्छ, जसको पृष्ठभूमि कुनै दलीय नारामा होइन, आफ्नै पसिनाको गन्ध र कर्मको इतिहासमा कोरिएको हुन्छ ।
सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउछ : लेखजंग थापा
शनिबार, फागुन १६, २०८२
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही क्षेत्र नं ३ मा उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाले सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउने बताएका छन् । शनिवार भैरहवामा आयाेजना भएकाे पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. थापाले कौमे आदको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै वर्तमान राजनीतिमा देखिएको दम्भप्रति...
राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिका लागि नेकपालाई मतदान गर्न प्रचण्डको अपिल
शनिबार, फागुन १६, २०८२
लुम्बिनी - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अतिवादी प्रवृत्तिविरुद्ध राष्ट्रको एकता, स्वाधीनता र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।रुपन्देही क्षेत्र नं ५ को लुम्बिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी युवाको हत्या गर्ने र देश जलाउन उक्साने दुवै खाले अतिवादी शक्ति विरुद्ध...
बुटवलमा तरुण भेला,उत्साहपूर्ण सहभागिताले विजय सुनिश्चित
शनिबार, फागुन १६, २०८२
बुटवल- नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको आयोजनामा बुटवलमा बृहत् तरुण भेला सम्पन्न भएको छ। चुनाव नजिकिँदै गर्दा आयोजित भेलाले संगठनात्मक एकता, युवा सक्रियता र चुनावी रणनीतिलाई थप सुदृढ बनाउने उद्धेश्य लिएको थियो ।
बुटवल बजार क्षेत्रमा एमालेको प्रदर्शन
शनिबार, फागुन १६, २०८२
बुटवल - नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदार विष्णुप्रसाद पौडेलले बुटवलको बजार क्षेत्रका मतदातासँग मत मागेका छन् । बजार केन्द्रीत घरदैलोमा उत्साहपूर्वक स्थानीयको सहभागिता रहेको थियो । निर्वाचन परिचालन समितिले आसन्न निर्वाचनलाई लक्षित गर्दै बजार केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने निर्णयअनुसार शनिबार दिनभर उम्मेदार पौडेलसहितका नेताकार्यकर्ता बजार क्षेत्रमा...
बुटवल वडा नं १२ र १३ मा बिश्वदीपकाे घरदैलो
शनिबार, फागुन १६, २०८२
बुटवल- रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शनिबार बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ का विभिन्न वस्तीमा आफ्नो पक्षमा मत माग्दै घरदैलो गरेका छन् ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता बिश्वदीपले सयाैं नेता कार्यकर्तासंगै घरदैलोमा पुग्दा आफूहरुले पाएको जनसमर्थन, माया र उत्साहले आफूहरु जीत नजिक...
संविधानसभा सदस्य विनाेद पहाडी एमाले प्रवेश
शनिबार, फागुन १६, २०८२
बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन्। उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गरेका छन्।
रुपन्देही ३ मा लेखजंग थापाको घरदैलाे
शुक्रबार, फागुन १५, २०८२
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै गर्दा रुपन्देही क्षेत्र नं. ३ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाको पक्षमा स्थानीय मतदाताहरूको समर्थन बढ्दो देखिएको छ।

-1772448553.jpg)
