लुम्बिनी प्रदेशको बेरुजु साढे ४ अर्ब नाघ्यो, १७ करोड ४० लाख असुल गर्नुपर्ने
बिहीबार, असार १२, २०८२
बुटवल – लुम्बिनी प्रदेशमा हालसम्म बेरुजु ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनिक गरेको सातै बार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०-०८१ सम्मको लेखा परीक्षणमा साँढे ४ अर्ब बढीको बेरुजु देखिएको हो ।महालेखाका अनुसार हालसम्मको बाँकी बेरुजू गत वर्षभन्दा १३.७८ प्रतिशतले बढेको छ। प्रदेश सरकारी कार्यालय र समिति तथा अन्य संस्थाको लेखापरीक्षणबाट आर्थिक वर्ष २०८०-८१ मा मात्रै ६५ करोड ८२ लाख १६ हजार बेरुजु देखिएको छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल
बिहीबार, असार १२, २०८२
बुटवल– निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरुलाई मतदाता नामावलीमा नाम दर्ता गराउन अपिल गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने तयारी सुरु गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको...
दृष्टि मिडियाविरुद्ध अवहेलना मुद्दामा सम्पादकद्वयसँग बयान सुरु
बिहीबार, असार १२, २०८२
काठमाडौं – दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बाविरुद्ध अवहेलना मुद्दामा विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतको पूर्ण इजलासमा सम्पादकद्वयसँग बयान लिने कार्य भइरहेको छ ।दृष्टि मिडियाविरुद्ध विशेष अदालतका कर्मचारीहरुले प्रतिवेदन तयार गरी तीन दिनभित्र जवाफ दिन आदेश दिएपछि आज बयान सञ्चार...
लालपुर्जाले दियो शताब्दी वृद्धालाई खुसी
बिहीबार, असार १२, २०८२
लमहीमा पहिलो पटक २४ जना भूमिहीन सुकुमवासीले ४५ वर्षपछि बसोबासकै ठाउँको जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरूका अघिल्लो पुस्ताले पनि कहिल्यै पुर्जा देखेका थिएनन् ।
कपिलवस्तुका पाँच पालिकामा भूमिहीन सुकुम्वासीको जग्गा नापजाँच सुरु
बिहीबार, असार १२, २०८२
अहिलेसम्म कपिलवस्तु नगरपालिका–६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगङ्गा नगरपालिका–१० र ११, बुद्धभूमि नगरपालिका–६ र ७, शिवराज नगरपालिका–११ र विजयनगर गाउँपालिका–१ मा नापी टोली परिचालित रहेको आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिनुभयो ।
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
बुधबार, असार ११, २०८२
काठमाडौँ – पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई बुधबार ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली...
एमालेका अध्यक्ष ओलीले बुझाए लेवि वापत मासिक २५ हजार
बुधबार, असार ११, २०८२
काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । उनले बुधबार पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् । एमालेका नेतारकार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा छ । सोही अनुसार सांसदसहित लाभको पदमा...
रुपन्देही ३ को उपनिर्वाचनमा एमालेबाट खिमलाल भट्टराई नै उम्मेद्वार हुन्?
मंगलबार, असार १०, २०८२
बुटवल– प्रतिनिधि सभाको उपनिर्वाचनका लागि रुपन्देही–३ मा एमालेबाट नेता खिमलाल भट्टराई उम्मेदवार हुने चर्चाले राजनीति तरंगित भएको छ । मंगलबार रातोपाटी अनलाईनमा आगामी कात्तिक महिनामा हुने उपनिर्वाचनमा प्रतिनिधिसभामा एमालेबाट भट्टराई उम्मेद्वार भन्ने समाचार सार्वजनिक भएसँगै एमालेबृतमा चर्चा शुरु भएको हो । बिशेष गरी रुपन्देहीका एमाले नेताहरुले यसबिषयलाई बिशेष महत्वका साथ...
गृहमन्त्रीको प्रस्तावमा नै छानविन समिति बनाउने याे कस्ताे परिपाटी हाे : डा. स्वर्णिम वाग्ले
मंगलबार, असार १०, २०८२
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि सरकारले बनाएको समितिप्रति असहमति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिका बारे जानकारी गराएपछि रास्वपा सांसदहरुले असहमति जनाउँदै संसद बैठक बहिष्कार गरेका हुन् । बैठकमा बोल्दै रास्वपा सांसद डा स्वर्णिम वाग्लेले आफ्नै मान्छेलाई चोख्याउन...
कपिलबस्तु काँगेसको निर्णय : लुम्बिनीका मन्त्रीलाई सार्वजनिक कार्यक्रमा बहिष्कार
सोमबार, असार ९, २०८२
कपिलवस्तु– नेपाली कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारको बजेटमाथि आपत्ति जनाउँदै प्रदेशका मन्त्रीहरूलाई जिल्लाको सार्वजनिक तथा पार्टीको कार्यक्रममा सहभागी नगराउने घोषणा गरेको छ । सोमबार जिल्ला सभापति अब्दुल कलामले एक प्रेस विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सम्पूर्ण मन्त्रीहरूलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा नगराउने घोषणा...
बुटवल उपमहानगरले ल्यायाे ३ अर्ब ३६ कराेडकाे बजेट
सोमबार, असार ९, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूजीगततर्फ ५१ प्रतिशत रहने अनुमान रहने बताइन्।
आफ्नै जग्गा टोल समितिले हडप्न खोजेको गुनासो
आइतबार, असार ८, २०८२
बुटवल- बुटवल १७ रानीगञ्जमा व्यक्तिको जग्गालाई केही व्यक्तिहरुले टोल समितको नाममा कब्जा गर्न खोजेको पिडितहरुले गुनासो गरेका छन् ।आईतबार रानीगञ्ज स्थित जग्गा परिसरमा समाजका अगुवाहरुलाई राखेर जनमाया पुलामी र भूमिका सोमैले मेहनतले २०७४ सालमा अव्यवस्थित बस्तीको जग्गा खरिद गरेको बताउँदै आफुहरु अन्यायमा परेको गुनासो गरेका हुन् । बस्ती नबस्दै २०६४...
लुम्बिनी प्रदेशसभा सदस्य रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी
आइतबार, असार ८, २०८२
बुटवल– लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ । जनमत पार्टीबाट समानुपातिक प्रदेशसभा सदस्य रायमाझीलाई जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो। अदालतले जेठ १६ गते नै पक्राउ पुर्जी जारी गरेको हो । तर, सांसद रायमाझी भने फरार छिन्। पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले...


