Lumbini Rise
कांग्रेसका पूर्वसांसद आफताब आलमलाई उच्च अदालतको सफाइ
कांग्रेसका पूर्वसांसद आफताब आलमलाई उच्च अदालतको सफाइ काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद आफताब आलमले सफाइ पाएका छन्। बम विस्फोट र हत्याको आरोपमा पक्राउ परेका  उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले आलमलाई सफाइ दिएको हो। न्यायाधीशद्वय डा.खुशीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले यो फैसला सुनाएको हो। जिल्ला अदालत रौतहटले बम विस्फोट गरी व्यक्ति हत्या गरेको घटनामा दोषी ठहर गर्दै...
लुम्बिनी सांसद गुरुङ पदमुक्त 
लुम्बिनी सांसद गुरुङ पदमुक्त  बुटवल – लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।  जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ मंगलबारदेखि पदमुक्त भएकी हुन् ।   वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन् । 
एमाले युवा संघकाे अध्यक्षमा क्षितिज थेवे विजयी, पदाधिकारीमा काे काे आए?
एमाले युवा संघकाे अध्यक्षमा क्षितिज थेवे विजयी, पदाधिकारीमा काे काे आए? पाेखरा - राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे दोहोरिएका छन्। उनले अध्यक्षका प्रत्यासी सुमन परीलाई १८८ मतअन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन्।पोखरामा ५ दिनदेखि जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानको अन्तिम परिणाममा थेवे ७९६ मत प्राप्त गरे। पुरीको पक्षमा ६०८ मत परेको...
प्रेस सेन्टर रूपन्देहीले मनायो कृष्ण सेन स्मृति दिवस
प्रेस सेन्टर रूपन्देहीले मनायो कृष्ण सेन स्मृति दिवस बुटवल -  प्रेस सेन्टर नेपाल रुपन्देहीले २३औँ कृष्ण सेन 'इच्छुक' दिवस मनाएको छ । तस्बिरमा माल्यार्पणसहित नेपाली पत्रकारिता, साहित्य र क्रान्तिकारी आन्दोलनमा इच्छुकको योगदानको विषयमा चर्चा गर्दै कृष्ण सेन 'इच्छुक' स्मृति दिवस मनाइएको सङ्गठनले जनाएको छ । प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपमहासचिव तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष...
एकिकृत समाजवादीले  लुम्बिनीका मुख्यमन्त्रीलाई बुझायो २५ बुँदे स्मरणपत्र
एकिकृत समाजवादीले  लुम्बिनीका मुख्यमन्त्रीलाई बुझायो २५ बुँदे स्मरणपत्र बुटवल – नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले सोमबार प्रदेश सरकारलाई २५ बुँदे स्मरणपत्र बुझाउँदै सुशासनको व्यवहारिक कार्यान्वयन र स्वदेशमै रोजगारी सिर्जनाका लागि तत्काल कदम चाल्न  माग गरेको छ।  पार्टीका प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँको हस्ताक्षर सहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको स्मरणपत्रमा देशमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, सामाजिक असमानता र सेवा...
आयोगकाे कार्यक्रममा प्रदेश प्रमुखले भने –‘खेत मासेर दबार किन बनाएको?
आयोगकाे कार्यक्रममा प्रदेश प्रमुखले भने –‘खेत मासेर दबार किन बनाएको? ​​​​​​​बुटवल – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशले आयोजना गरेको २५ औं बार्षिकोत्सव कार्यक्रममा प्रदेश सरकार सांसदहरुमाथि गम्भिर प्रश्न उठाएका छन् । उनले लहलह धान उब्जनी हुने खेत मासेर दरबार बनाएकोमा आपत्ती जनाए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी स्थित मसुरियामा प्रदेश मन्त्रालयका...
गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेपछि संसद् बैठक स्थगित
गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेपछि संसद् बैठक स्थगित काठमाडौँ– विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ ।  विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने भन्दै संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
लुम्बिनी प्रदेशसभा बैठक दिउसाे १ बजे बस्दै, प्रि-बजेटमा छलफल हुने
लुम्बिनी प्रदेशसभा बैठक दिउसाे १ बजे बस्दै, प्रि-बजेटमा छलफल हुने बुटवल - लुम्बिनी प्रदेश सभामा साेमबारबाट प्रि बजेट छलफल हुने भएकाे छ । साेमबार (आज) दिउँसो १ बजे बस्ने बैठकमा प्रि बजेट छलफल हुने भएकाे हाे । बैठकमा आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्किले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकता प्रस्तुत...
एकीकृत समाजवादी सियारी गाउँकमिटिले बुझायाे ज्ञापन-पत्र
एकीकृत समाजवादी सियारी गाउँकमिटिले बुझायाे ज्ञापन-पत्र बुटवल– नेकपा (एकीकृत समाजवादी) सियारी गाउँकमिटि रुपन्देहीले सोमबार सियारी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गाउँकमिटिले गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलाई बुझाइएको हो । नेकपा एस गाउँकमिटी अध्यक्ष विजय यादवद्वारा हस्ताक्षरित माग पत्रका बारेमा पार्टीका नेता श्रीराम यादवले वाचन गरी...
लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने
लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने ​​​​​​​दाङ- प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५...
कपिलबस्तुमा ग्याँस चुहिएर आगलागी हुदा दाजू वहिनीकाे मृत्यू
कपिलबस्तुमा ग्याँस चुहिएर आगलागी हुदा दाजू वहिनीकाे मृत्यू कपिलबस्तु- कपिलवस्तुमा ग्याँस चुहिएर आगाे लाग्दा दाजू वहिनीकाे मृत्यू भएकाे छ । शुद्धोधन गाउँपालिका– ५ जयनगरामा पर्शुराम यादवको घरमा आइतबार बिहान खाना बनाउने क्रममा रेगुलेटरबाट ग्यास लिक भएर आगलागी भएको हाे।
काँग्रेसले भन्यो –‘गृहमन्त्री लेखकले  राजीनामा दिनुपर्दैन’
काँग्रेसले भन्यो –‘गृहमन्त्री लेखकले राजीनामा दिनुपर्दैन’ काठमाडौँ- नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको ठहर गरेको छ। पार्टी पदाधिकारीको सोमबार बसेको बैठकपछि प्रवक्ता प्रकाश शरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेकाले राजीनामा दिनुपर्ने ठहर गरेको बताए । ‘गृहमन्त्री ज्यूले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो। त्यसपछि बैठकले उहाँको भनाइलाई सदर गरेको छ’...
Weather Update