लुम्बिनी प्रदेश सभामा प्रारम्भ भयो निती तथा कार्यक्रममाथिको छलफल
शुक्रबार, जेठ ९, २०८२
दाङ– लुम्बिनी प्रदेश सभामा सरकारको तर्फबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । शुक्रबार छैठौं अधिवेशनको सातौं बैठकबाट आर्थिक वर्ष २०८२/ ०८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको हो।
सत्ताभोगका कारण चौतर्फी निराशा छायो : घनश्याम भुसाल
शुक्रबार, जेठ ९, २०८२
काठमाडौं - नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुख्य दलहरुले राजनीतिलाई केवल सत्ताभोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको बताएका छन्। महासचिव भुसालले जनतामा देखिएको निराशालाई राष्ट्रिय एजेण्डा नबनाउँदा मौका पर्खेका पुनरुत्थानवादी शक्तिहरुले जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास गरिरहेका समेत बताए।
सर्वोच्चमा रवि लामिानेको सुनुवाई आज पनि
शुक्रबार, जेठ ९, २०८२
बुटवल- सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ जारी राखेको छ। सरकारी वकिलको बहस सकिएकाले आज शुक्रबार जाहेरवालाको बहस हुनेछ। दुवै व्यक्तिहरू सहकारी ठगी प्रकरणमा थुनामा रहेका छन् ।
बुटवलमा डिजिटल पत्रकारिता तालिम शुरु
बिहीबार, जेठ ८, २०८२
बुटवल - नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारहरुले आफूलाई समयअनुसार ज्ञान, सिपको विकास गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बिहिवारदेखि बुटवलमा शुरु गरेको दुई दिने डिजिटल पत्रकारिता तालिम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पोखरेलले यस्तो बताएका हुन।
तिलोत्तमा दलित ज्ञान उत्सव हुँदै
बुधबार, वैशाख २४, २०८२
लुम्बिनी– स्थानीय तहको सक्रियतामा नेपालमै पहिलोपटक दलित ज्ञान उत्सव २०८२ हुने भएको छ। रुपन्देहीको तिलोत्त नगरपालिकामा न्याय, समानता र अधिकारका लागि ‘तिलोत्तमा दलित ज्ञान उत्सव’ गर्ने भएको हो। बुधबार आयोजित पत्रकार सम्मेलन पालिकाले यही वैशाख २६ र २७ गते विभिन्न कार्यक्रमसहित उत्सव गर्न लागेको छ ।
अस्ताए इमान्दार र प्रष्ट नेता प्रदीप नेपाल
बुधबार, वैशाख २४, २०८२
बुटवल– वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित नेपाललाई सोमबार आईसीयूमा राखिएको थियो । नर्भिक अस्पताल थापाथलीमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो ।२०५१ सालमा बनेको एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनी सञ्चारमन्त्री रहेका थिए ।
तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
बुधबार, वैशाख २४, २०८२
बुटवल – मानवसेवा आश्रमको सहकार्यमा आज मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा हो । २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तसम्ममा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका...
सूचना र सेवाप्रवाहमा पारदर्शीताबारे अन्तरक्रिया
मंगलबार, वैशाख २३, २०८२
बुटवल – सूचनाको प्रवाह र सेवाप्रवाहमा पारदर्शिता कायम गर्न सूचनाको हकको प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको छ । पब्लिक भ्वाईस नेपालको आयोजना र बुटवल उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयको सहकार्यमा सूचनाको हकमा नागरिकको पहुंच सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
लुम्बिनीका मुख्यमन्त्री र कोशीका सभामुखविच भेटवार्ता
सोमबार, वैशाख २२, २०८२
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलबीच सोमबार राप्ती उपत्यका (देउखुरी) मा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादी लुम्बिनीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र
शुक्रबार, वैशाख १९, २०८२
दाङ– नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने मुख्य मागहरूसहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको छ ।पार्टीका सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष शोमप्रसाद पाण्डेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ति उपत्यका(देउखुरी)मा मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।
एकिकृत समाजवादी रुपन्देहीले बुझायो ज्ञापनपत्र
शुक्रबार, वैशाख १९, २०८२
बुटवल - नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले शुक्रबार केन्द्रीय कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत ज्ञापनपत्र बुझाएका हुन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा जिल्लाका विभिन्न सरोकारवालाहरुबाट प्राप्त सुझाव समेटेर ज्ञापनपत्र...
एकिकृत ट्रेड यूनियन र पेशागत महासंघले मनायो १३६ औं श्रमिक दिवस
बिहीबार, वैशाख १८, २०८२
बुटवल - नेकपा एकिकृत समाजवादी निकट एकिकृत ट्रेड यूनियन महासंघ नेपाल लुम्बिनी प्रदेश तथा पेशागत महासंघ नेपाल लुम्बिनीले संयुक्त रुपमा विहिबार १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन् । श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण सम्भव नहुने भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिइएको...


