आयोगकाे कार्यक्रममा प्रदेश प्रमुखले भने –‘खेत मासेर दबार किन बनाएको?
मंगलबार, जेठ १३, २०८२
बुटवल – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशले आयोजना गरेको २५ औं बार्षिकोत्सव कार्यक्रममा प्रदेश सरकार सांसदहरुमाथि गम्भिर प्रश्न उठाएका छन् । उनले लहलह धान उब्जनी हुने खेत मासेर दरबार बनाएकोमा आपत्ती जनाए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी स्थित मसुरियामा प्रदेश मन्त्रालयका लागि ‘मिनि सिंहदरबार’ बनाईएको तर्फ संकेत गर्दै उनले यस्तो भनेका हुन ।