प्रेस सेन्टर रूपन्देहीले मनायो कृष्ण सेन स्मृति दिवस
मंगलबार, जेठ १३, २०८२
बुटवल - प्रेस सेन्टर नेपाल रुपन्देहीले २३औँ कृष्ण सेन 'इच्छुक' दिवस मनाएको छ । तस्बिरमा माल्यार्पणसहित नेपाली पत्रकारिता, साहित्य र क्रान्तिकारी आन्दोलनमा इच्छुकको योगदानको विषयमा चर्चा गर्दै कृष्ण सेन 'इच्छुक' स्मृति दिवस मनाइएको सङ्गठनले जनाएको छ । प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपमहासचिव तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जिसीले कृष्ण सेनहरूको बलिदानको जगमा नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रता अडिएको बताए ।