वृद्ध भत्ताको उमेर ७० वर्ष, दुर्गम र लक्षित वर्गको हकमा ६८ वर्ष
बिहीबार, जेठ १५, २०८२
काठमाडौं – सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन्। यसअघि यस्तो भत्ता ६८ वर्ष उमेर पुगेकाहरूले पाउँदै आएका थिए । सरकारले आर्थिक वर्ष २०५१/५२ देखि वृद्ध भत्ताको नामले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसयता भत्ता पाउने वर्ग र रकम निरन्तर बढेको छ । ज्येष्ठ नागरिकलाई १०० रुपैयाँबाट शुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले प्रतिव्यक्ति चार हजार रुपैयाँसम्म पुर्याइएको छ ।