देवदह पूर्ण खोप तथा प्रसूति सेवा युक्त नगरपालिका घोषित
बुधबार, जेठ २१, २०८२
बुटवल- देवदह नगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषित भएको छ । बुधवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईँले प्रमाणपत्र प्रदान गर्दै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषित गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख चापागाईँले घोषणासँगै नगरपालिकामा थप जिम्मेवारी बढेको बताए ।