आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्चमा
बिहीबार, कात्तिक १९, २०८३
काठमाडौँ- सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। उनलाई सुझाउनेहरूले सरकारले जिम्मेवारीबाट हटाए लगत्तै अर्थात हिजो नै सर्वोच्च जान पर्ने बताएका थिए। कार्कीका तर्फबाट अधिवक्ताहरू रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। ‘हामी रिट लिएर पुगेका छौं,’ अधिवक्ता टीकाबहादुर कुँवरले भने, ‘अन्य प्रक्रिया चलिरहेको छ।’


