तिहार खर्च जुटाउन राउटे समुदायका पाँच सदस्य पाल्पामा
बिहीबार, कात्तिक १९, २०८३
पाल्पा । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् ।कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफूले बनाएका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग सङ्कलन गरिरहेका छन् ।समुदायका सदस्य बन्दवीर शाहीका अनुसार उनीहरूले परम्परागत सीपबाट काठका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका छन् । तर, अहिले जङ्गलमा रुख काट्न सहज नभएपछि आम्दानीको स्रोत घटेको छ ।


