व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामूहिक विकासमा लागाैं : सभामुख घर्ती
शनिबार, मंसिर ५, २०८३
बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले व्यक्तिगत स्वार्थ र ‘म मेरो’ भन्ने सोचबाट माथि उठेर राष्ट्रिय हित र सामूहिक विकासका लागि अघि बढ्न सबैलाई आग्रह गरेका छन् । शनिबार बुटवलमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै सभामुख घर्तीले नेपाली समाजमा बढ्दै गएको गैरजिम्मेवारीपन र स्वेच्छाचारिताका कारण राजनीतिक तथा आर्थिक विषयमा गम्भीर बहस र पैरवी हुन नसक्नु दुःखद भएको बताए । उनले नेपालको विकासका लागि सहमति, सहकार्य, समन्वय, सहअस्तित्व र सद्भाव कायम गर्न आवश्यक रहेको धारणा राखे ।


