प्रधानमन्त्री बालेनकाे भारत भ्रमण : भैरहवा एयररुटमा सहजता, के अब उडान नियमित हाेला ?
सोमबार, मंसिर ७, २०८३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नागरिक उड्डयन क्षेत्रमा एउटा ब्रेकथ्रुजस्तै भयो । दुई देशबिचको संयुक्त प्रेस विज्ञप्तीमा विदेशबाट नेपाल आउने जहाजलाई नेपाली आकाशमा छिर्दा दिइने एयररुट थप गर्ने उल्लेख गरिएको छ । हाल नेपालले यसरी विदेशबाट आउने जहाज सिमराबाट मात्रै प्रवेश पाउने व्यवस्था रहेकोमा अब भैरहवाबाट समेत भित्रिन पाउनेगरी एयररुट दिन भारत सहमत भएको छ । यो सहमतिले हालसम्म निर्माण सम्पन्न भएका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको सञ्चालन गर्न तथा त्रिभुवन विमानस्थलमा आउने जहाजको लागत घटाउन सहयोग पुग्ने देखिएको छ ।


