न्यू होराइजनद्वारा ४ जीपीए ल्याएका ११ जना सहित तीन सय विद्यार्थी र अभिावक सम्मानित
सोमबार, असार १६, २०८२
बुटवल - न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलले माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी ४ जीपीए ल्याउने ११ जना सहित तीन सय जना विद्यार्थी र अभिभावकलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य उपाध्यायले न्यू होराइजनले हालसम्मकै उत्कृष्ट नतिजाको रेकर्ड कायम गरेको बताए । विद्यालयले विगतदेखि नै उत्कृष्ट नतिजा ल्याउने गरेकोमा यसपटक विगतका रेकर्ड तोडेको उनले बताए ।