ज्ञानेन्द्र शाह नेपालको सर्वाधिक षडयन्त्रकारी : कृष्ण पहाडी
शनिबार, जेठ १०, २०८२
बुटवल - मानवअधिकारवादी नेता कृष्ण पहाडीले ज्ञानेन्द्र शाह नेपालको सर्वाधिक षडयन्त्रकारी रहेको बताएका छन् । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शनिवार बुटवलमा गरेको नागरिक आकाक्षां, नागरिक स्वतन्त्रता र सर्वोच्चता विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकारवादी नेता पहाडीले ज्ञानेन्द्रले पछिल्लो समय त्यही षडयन्त्र गरिरहेको बताएका हुन् ।