नवराज विकसहितका युवाको हत्याको स्मृति दिवसमा बुटवलमा दीप प्रज्वलन
आइतबार, जेठ ११, २०८२
बुटवल – २०७७ जेठ १० मा भएको सोती नरसंहारमा अन्तरजातीय प्रेम सम्बन्धमा जातीय विभेदका कारण ज्यान गुमाएका नवराज विक सहित ६ जना युवाहरुको सामुहिक नरसंहार तथा रुपन्देहीको देवदहमा अंगिरा पासीको हत्या भएको दिनलाई कालो दिनका रुपमा बुटवलमा स्मरण गरिएको छ । संयुुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलमा मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्जवलन गरिएको हो ।