लुम्बिनीमा दुई युवाहरूको समूहबिच झडप, एक जना घाइते
आइतबार, जेठ ११, २०८२
बुटवल– रुपन्देहीको लुम्बिनीमा दुई समूहबिचको कुटाकुटमा एक जना घाइते भएका छन् । गएराती लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ जितवापुरमा दुई समूहका युवाबिच भएको कुटाकुटबाट विक्रम सिंह घाइते भएका हुन् । विक्रमको हात खुट्टामा चोट लागेको र उनको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।