एकीकृत समाजवादी रुपन्देहीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठायो स्मरण–पत्र
आइतबार, जेठ ११, २०८२
बुटवल- नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई स्मरण-पत्र बुझाएको छ । पार्टीका रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत स्मरण-पत्र बुझाएका हुन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा सहित देशव्यापी आन्दोलनमा रहेको समाजवादीले केन्द्र, प्रदेश जिल्ला, पालिका सम्म मागहरूका बारेमा स्मरण पत्र बुझाएको सो पार्टीले जनाएको छ ।