पत्रकार महासंघ लुम्बिनीद्धारा मुख्यमन्त्रीसँग छलफल
सोमबार, जेठ १२, २०८२
दाङ (देउखुरी) - लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको एक टोलीले भेटघाट गरेको छ। महासंघका अध्यक्ष शुक्रऋषि चौलागाईं र महासचिव पाण्डव शर्माले सोमबार देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा भेट गरी आगामी आर्थिक वर्षको बजेटमा पत्रकार र पत्रकारिताको समग्र विकासका सन्दर्भमा समावेश गर्ने कार्यक्रम र योजना बारे विस्तृत रुपमा छलफल गरेका हुन ।