सुकुम्बासीहरुले २४ गते बुटवलमा सरकार बिरुद्ध प्रर्दशन गर्ने
मंगलबार, वैशाख २२, २०८३
बुटवल- वर्तमान सरकारले देशैभर सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीहरुलाई हटाउने तयारी गरेपछि बुटवलमा आन्दोलनको घोषणा गरिएको छ । नेपाल भूमिहिन सुकुमबासी अव्यवस्थित संघर्ष समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो ।
'तोरकीन' उपन्यासबारे पाठक मञ्च बुटवल र लेखकविच छलफल
मंगलबार, वैशाख २२, २०८३
बुटवल - 'तोरकिन' उपन्यासका लेखक क्षितिज समर्पणसँग बुटवलमा छलफल गरिएको छ । पाठक मञ्च बुटवलको आयोजनामा उपन्यासको कथा र लेखकको अनुभूतिका बिषयमा छलफल गरिएको हो । उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै अध्येता शंकर भण्डारीले उपल्लो मुस्ताको चराङ गाउँबाट सुरुवात भएको उपन्यासले हिमाली जनजीवनलाई उतारेको बताए ।
३ अर्ब लागतमा बन्यो लुम्बिनी प्रदेशको सरकारको भवन
मंगलबार, वैशाख २२, २०८३
बुटवल - लुम्बिनी प्रदेश सरकारले आफ्नै सिंहदरबार बनाएकाो छ । संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्य सहित प्रशासनिक केन्द्र निर्माण गरिएको प्रदेश सरकारले जनाएकाे छ । राप्ती गाउँपालिका–३ स्थित मण्डला आकारको प्रशासनिक केन्द्रमा मन्त्रालय, निर्देशनालय तथा अन्य विभागहरूले एकै परिसरबाट सेवा प्रवाह सुरु गरेका हुन् ।
आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण
मंगलबार, वैशाख २२, २०८३
बुटवल - आज दिउँसो लुम्बिनी प्रदेशमा र राति मधेश प्रदेशका जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
डोजर आतंक बन्द गर भन्दै बुटवलमा सुकुम्बासीको प्रदर्शन
आइतबार, वैशाख २०, २०८३
बुटवल- काठमाडौंमा सुकुमबासी बस्तीमा डोजर चलाएपछि त्रसित रुपन्देही बुटवलका भूमिहिन अव्यवस्थित बसोबासीहरुले आईतबार विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमबासी बस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै त्यसलाई रोक्न माग गर्दै बुटवल १७ रानीगञ्जमा विरोध प्रदर्शन गरेका हुन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
आइतबार, वैशाख २०, २०८३
काठमाडौँ - विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले ऐक्यबद्धता पदयात्रा (र्याली) आयोजना गरेको छ । ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ को नारासहित आयोजित पदयात्रा बिहान माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले १ रुपैयाँ पनि तलमाथि गरे स्वीकार्य हुँदैन : गगन थापा
शनिबार, वैशाख १९, २०८३
काठमाडौँ - नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमानदारितामा कुनै पनि सम्झौता नहुने बताएका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी र आफ्नो नेतृत्वमा रहेको सरकार दुवै तहमा जिम्मेवारीबोध आवश्यक रहेको बताए ।
राष्ट्रपतिद्धारा धमाधम अध्यादेश जारी
शनिबार, वैशाख १९, २०८३
काठमाडौं - सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेका छन् । शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले थप तीन वटा अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै सनाखत (नामसहित)
शुक्रबार, वैशाख १८, २०८३
बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका- १५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती, आएनन प्रधानमन्त्री
शुक्रबार, वैशाख १८, २०८३
२५७० औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस शुक्रबार मनाइएको छ। लुम्बिनी विकास कोषले यो वर्ष सामान्य कार्यक्रम गरि बुद्वजयन्ती मनाएको हो।विगतका वर्षमा सरकार वा राष्ट्रप्रमुख मध्ये एक जना बुद्ध जयन्तीमा सहभागी हुने प्रचलन थियो । तर, यो वर्ष भने प्रधानमन्त्री वालेन्द्र शाह अन्तिममा कार्यक्रममा उपस्थित भएनन्।
तिलोत्तमा नगरपालिकाद्धारा सुलभ फार्मेसी सञ्चालन
बिहीबार, वैशाख १७, २०८३
तिलाेत्तमा- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसी (औषधी पसल) सञ्चालनमा ल्याएको छ । नगरबासीलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यसहित तिलोत्तमा – ५ मणिग्राममा स्थापना गरिएको उक्त फार्मेसी बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
केशवराज ज्ञवालीको पुस्तक 'अज्ञात'को बुटवलमा लोकार्पण
बिहीबार, वैशाख १७, २०८३
लेखक केशवराज ज्ञवालीको पुस्तक अज्ञातको बुधबार बुटवलमा लोकार्पण गरिएको छ । पाठक मञ्च, बुटवलले एक समारोहका विच पुस्तकको लोकर्पण गरेको हो । न्यू होराईजन माध्यमिक विद्यालयका प्राधानाध्यापक लोकनाथ उपाध्यायले पुस्तकको लोकार्पण गरेका हुन ।
७० करोड लागतमा तिनाउमा हाइड्रोपावर बन्ने
बिहीबार, वैशाख १७, २०८३
बुटवल- पाल्पाको तिनाउ खोलामा ३.४४ मेगावाट विद्युत उत्पादन हुने भएको छ । । भिजन लुम्बिनी लिमिटेडल ७० करोड लागतमा आयोजना बन्न लागेको हो । भिजन लुम्बिनीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । तिनाउ खोला साना जलबिद्युत आयोजनाको काम नमः बुद्ध हाइड्रो प्रालि मार्फत हुने भएको छ ।


