नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री मोदीको बधाई
शनिबार, भदौ २८, २०८२
काठमाडौँ –भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै यो शुभकामना दिएका हुन्।
बन्द रुपन्देहीका विद्यालय भोलिदेखि नियमित संचालन हुने
शनिबार, भदौ २८, २०८२
बुटवल - जनजीवन सामान्य हुँदै गएपछि रुपन्देहीका विद्यालय आइतबार (भोलि) बाट नियमित रुपमा संचालनमा आउने भएका छन्। जेन जी को आन्दोलनका कारण बन्द भएका विद्यालयहरु आन्दोलन सामान्य हुँदै गए पछिबाट संचालनमा आउन लागेका हुन् ।
रुपन्देहीबाट अन्तरिम सरकारमा किरण बिकको दावी, शिक्षा मन्त्रालय समाल्ने अठाेट
शनिबार, भदौ २८, २०८२
बुटवल - रुपन्देहीका किरण बिकले जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकार समावेशी हुनुपर्ने माग गर्र्दै शिक्षा मन्त्रालय दावी गरेका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विकले आफू जेनजी आन्दोलनमा रचनात्मक रुपमा सहभागी भएको बताउँदै युवाहरुले नागरिक क्रान्ति गरेको बताउँदै अन्तरीम सरकारमा आफ्नो दावी प्रस्तुत गरेका हुन् ।
पहिलाे महिला प्रधानमन्त्री सुशिला कार्किले लिईन सपथ
शुक्रबार, भदौ २७, २०८२
काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन्।
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, प्रतिनिधिसभा विघटन हुने
शुक्रबार, भदौ २७, २०८२
काठमाडौं - प्रतिनिधिसभा विघटन गरी सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ। लामो रस्साकस्सीपछि शीतल निवासमा केहिबेरअघि सहमती भएको हो ।
संविधान रक्षाका लागि बुटवलमा शान्तिपूर्ण प्रर्दशन
शुक्रबार, भदौ २७, २०८२
बुटवल- देश र संविधानकाे रक्षाका लागि नेपाल पत्रकार महासंघलगायत पेसागत संघ संस्थाहरूले शुक्रबार बुटवलमा प्रदर्शन गरेका छन् ।नेपाल पत्रकार महासंघ रूपन्देहीको अगुवाइमा रूपन्देहीमा क्रियाशील विभिन्न पेसागत संघ संस्थाहरूकाे सहभागीतामा शान्ति र्याली प्रदर्शन भएको हो।
विभिन्न कारागारबाट भागेकाहरुलाइ रुपन्देही प्रहरीले गर्याे नियन्त्रण
शुक्रबार, भदौ २७, २०८२
बुटवल – जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जना कैदी बन्दीहरूलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीहरूलाई रुपन्देहीका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
विहानसम्म हटाएको निषेधाज्ञा ढिलो गरी सुचारु, राती कर्फ्यू
शुक्रबार, भदौ २७, २०८२
बुटवल - रुपन्देही प्रशासनले विहानभर कर्फ्यू र निषेधाज्ञा हटाएको भन्दै जानकारी गराएपनि दिउँसो निषेधाज्ञा र राति कर्फ्यू लगाइएको सुचना निकालेको छ । जिल्लामा हुन सक्ने प्रदर्शन, जुलुस, त झडपजस्ता सम्भावित घटनालाई दृष्टिगत गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको हो।
रुपन्देहीमा हटयाे कर्फ्यू र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै
शुक्रबार, भदौ २७, २०८२
बुटवल- रुपन्देहीमा केही दिनदेखि प्रशासनले लगाएको निषेधाज्ञा र कर्फ्यु आदेश बिहान ६ बजेपछि हटाएपछि जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लगाएको कर्फ्यु आदेश हटाएसँगै जनजीवन क्रमशः सहज बन्दै गएको हो । प्रशासनले शुक्रबार बिहानसम्म लागू गरेको कर्फ्यु र निषेधाज्ञा हटाएपछि जिल्लाभर बजार, यातायात, विद्यालय तथा अन्य...
देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ : राष्ट्रपति
बिहीबार, भदौ २६, २०८२
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन्।
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
बिहीबार, भदौ २६, २०८२
बुटवल– त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ।असामान्य परिस्थितिका कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ। जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ।
संविधान र संसदीय प्रक्रियाबाट निकास खोज्न प्रचण्डको अपिल
बिहीबार, भदौ २६, २०८२
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ ।
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
बिहीबार, भदौ २६, २०८२
काठमाडौं - अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।


