Lumbini Rise
कक्षा १२ को मौका परीक्षा स्थगित
कक्षा १२ को मौका परीक्षा स्थगित काठमाडौं - कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको जनाएको छ ।
लुम्बिनी विकास कोषद्वारा ज्यान गुमाएका विद्यार्थीप्रति श्रद्धाञ्जली
लुम्बिनी विकास कोषद्वारा ज्यान गुमाएका विद्यार्थीप्रति श्रद्धाञ्जली लुम्बिनी- जेनजिहरुले गरेको प्रदर्शनमा ज्यान गुमाएका युवा विद्यार्थीहरूप्रति लुम्बिनी विकास कोषले गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ।कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।
सरकारकाे उन्मादले नित्याएकाे दुर्भाग्य !
सरकारकाे उन्मादले नित्याएकाे दुर्भाग्य ! जेनजी मेरो सन्तानको पुस्ता हो । मेरा लागि सन्तान भन्दा ठुलो कोही छैन ।मेरा सन्तान देश छोडेर बिदेसिन नपरोस् भनेर वर्षौदेखि आवाज उठाइरहेको छु ।देश भित्र अवसर चाहियो ? रहरले देश छाड्नेको चिन्ता मलाई पटक्कै छैन मलाई ।बाध्यताले अवसर नै मुलुक भित्र नपाएर देश छोड्नेको चिन्ता मेरो सरोकार हो।
रुपन्देहीमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाउने
रुपन्देहीमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाउने पन्देही जिल्लामा सुरक्षा चुनौती बढ्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ।प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा जारी आदेशअनुसार विहान ९:३० बजेदेखि लागू हुने गरी पाँच जनाभन्दा बढी भेला भएर सभा, जुलुस, धर्ना, प्रदर्शन वा अन्य कुनै पनि सामूहिक विरोध गतिविधि गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
जेनजीको रगतमाथि बसेर शासन गर्ने अधिकार छैन 
जेनजीको रगतमाथि बसेर शासन गर्ने अधिकार छैन  प्रधानमन्त्री ओली र सत्ताका साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यो आततायी घटनाका प्रमुख दोषी हुन् । यी दुवैले जिम्मा लिनुपर्छ । हामी फेरी भन्छौँ रगतको आहालमा बसेर शासन कुन नैतिकताले गर्नुहुन्छ ?
बुटवल भैरहवाको कर्फ्यु सकियो, आज के हुन्छ ?
बुटवल भैरहवाको कर्फ्यु सकियो, आज के हुन्छ ? बुटवल– जेनजी पुस्ताको आन्दोलनलाई मध्यनजर गरी  बुटवल भैरहवामा लगाइएको कर्फ्यु आज (मंगलबार) पनि निरन्तरता दिने की नदिने भन्नेबारेमा प्रशासनले छलफल गर्ने भएको छ । जिल्ला सुरक्षा समितिको बैठक आह्वान गरिएकाले त्यसपछि बस्तुगत अवस्थाका आधारमा निर्णय गरिने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीजिवि रानाले बताए ।
बुटवलका सबै विद्यालयमा आज विदा  
बुटवलका सबै विद्यालयमा आज विदा   बुटवल-  जेनजीहरुको आन्दोलनलाई लक्षित गरी बुटवल उपमहानगरपालिकाले मंगलबार एक दिन सम्पूर्ण विद्यालयहरुमा विदा दिएको छ ।उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले एक विज्ञप्ती जारी गरी बर्तमान विशेष परिस्थितीका कारण भदौ १४ गते एक दिनका लागि बुटवल स्थित सम्पुर्ण विद्यालयहरुमा विदा गरीएको जनाइएको छ ।
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा  काठमाडौं -  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो ।
जेन-जी प्रदर्शन : देशभर ३४७ जना घाइते
जेन-जी प्रदर्शन : देशभर ३४७ जना घाइते सोमबार भएको जेन-जी प्रदर्शनमा ३४७  जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी ११ अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी निजामती कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ। अस्पतालले १५ जना घाइतेलाई वीर र...
त्रिवि स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगन
त्रिवि स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगन देशमा सोमबारको प्रदर्शनपछि असहज परिस्थिति सिर्जना भएको भन्दै त्रिविले परीक्षा स्थगन गरेको हो । भदौ २४, २५ र २६ गतेका दिन (बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म र दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म) सञ्चालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षा हाललाई स्थगन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
जेनजीहरूको प्रदर्शनमा प्रहरीको गोलि प्रहारबाट १९ जनाको मृत्यू
जेनजीहरूको प्रदर्शनमा प्रहरीको गोलि प्रहारबाट १९ जनाको मृत्यू काठमाडौं -  सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।
Weather Update