बुटवल - प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुपन्देही क्षेत्र नं. ५ मा कुल १ लाख ३४ हजार ४४२ मतदाता रहेका छन्। निर्वाचन आयोग, नेपालका अनुसार पुरुष मतदाता ७० हजार ७५५ (५२.६४ प्रतिशत) र महिला मतदाता ६३ हजार ६६५ (४७.३५ प्रतिशत) रहेका छन् भने अन्य मतदाता २ जना रहेका छन्।
यस निर्वाचन क्षेत्रमा ४६ मतदान स्थल र १४५ मतदान केन्द्र तोकिएका छन्। २४ जना पुरुष र ३ जना महिला गरी २७ जना उम्मेद्वार मैदानमा छन् । राजनीतिक दलबाट १९ जना तथा स्वतन्त्रबाट ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
उम्मेदवारहरूमा मुस्लिम र दलित उम्मेद्वार धेरै देखिएका छन् । तुलनात्मक रुपमा खस आर्य समुदायबाटै २९.६३ प्रतिशत उम्मेदवार रहेपनि समग्रतामा दलित, मुस्लिम, आदिबासि जनजाती र थारु उम्मेद्वार पनि देखिएका हुन् । मुस्लिम १४.८१ प्रतिशत, मधेशी १४.८१ प्रतिशत, दलित ११.११ प्रतिशत, आदिवासी जनजाति २२.२२ प्रतिशत र थारू ७.४१ प्रतिशत रहेका छन्।
निर्वाचन क्षेत्र न. ४ : १ लाख १६ हजार १७२ कुल मतदाता
यसैगरी निर्वाचन क्षेत्र न. ४ मा १ लाख १६ हजार १७२ कुल मतदाता रहेका छन् । यसमा ६६ हजार ६३ (५६.८७) पुरुष र ५० हजार ११०(४३.१३) महिला मतदाता छन् । यो निर्वाचन क्षेत्रमा ४८ मतदान स्थल रहेकोमा १३६ मतदान केन्द्र रहेका छन् । यसैगरी १९ पुरुष र ३ महिला गरी २२ जना उम्मेद्वार मैदानमा छन् ।

यसमध्ये १५ जना राजनीतिक दल र ७ जना स्वातन्त्र उम्मेद्वार हुन् । उम्मेदवारहरूमा मधेशीहरुको बाहुल्यता रहेको छ । यहाँ मधेशी समुदायबाट ५४.५५ प्रतिशत उम्मेद्वार मधेशी छन् । खस आर्य समुदायबाट २२.७३ प्रतिशत, मुस्लिम ९.०९ प्रतिशत, आदिवािस जनजाती ९.०९ प्रतिशत र दलित ४.५५ प्रतिशत रहेका छन्।
याे पनि पढनुहाेस्
रुपन्देही क्षेत्र नं. १ : मतदाता धेरै, ३१ उम्मेदवार मैदान
रुपन्देही क्षेत्र नं २ : पुरुष भन्दा महिला मतदाता धेरै, ३९ उम्मेदवार छन् मैदान
रुपन्देही क्षेत्र नं. ३ : १ लाख ४० हजार बढी मतदाता, ३६ उम्मेदवारमध्ये २ जना मात्रै महिला


