राेयल थाइ विहार लुम्बिनीद्धारा रसुवा बाढी प्रभावित ठाउँमै पुगेर सहयाेग
लुम्बिनी- रसुवामा आएकाे बाढीबाट प्रभावित नागिरकहरुलाइ मध्यनजर गरी लुम्बिनी स्थित राेयल थाइ विहारले विभिन्न सामाग्रीहरु प्रदान गरेको छ ।
राजकीय थाई विहार लुम्बिनीका प्रमुख भन्ते फ्रा. राजबोधी सुफोथ सहित , काठमाडौंस्थित थाई राजदूतावासका कर्मचारीहरू तथा नेपाली स्वयंसेवकहरूको सहभागितामा प्रभावित क्षेत्रमा पुगेर सामाग्रीहरु प्रदान गरिएको छ ।
विहारका अनुसार चन्द्र ज्योति विद्यालय, देवीघाटमा २१५ विपद् प्रभावित परिवारलाई ताजा तरकारी र फलफूलको रस वितरण गरिएकाे छ भने नुवाकोट अस्पतालमा ११४ विपद् प्रभावित परिवारलाई फ्रिज र फलफूलको वितरण गरिएकाे विहारले जनाएकाे छ ।
नेपालीहरुलाइ परेकाे दुखमा साथ दिन भन्ते सुफाेद, भिक्षु सहितकाे टाेली नुवाकाेट सहितका प्रभावित ठाउँमै पुगेकाे हाे ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३ १३:३८
प्रतिक्रिया दिनुहोस्

