
रूपन्देही, बैशाख २९ ।
बुद्धजयन्तीको समयलाई लिएर भइरहेको बहसमा प्रधानमन्त्री केपि शर्मा ओली जन्मको आधारमा मनाउनुपर्ने पक्षमा उभिएका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन्मजयन्तीको हिसाबले २६४९ औं रहको प्रष्ट पारेका हुन् ।
बुद्धजयन्तीको समयको बारेमा मृत्यूको समयदेखि गणना गर्ने की जन्मेको समयदेखि भन्ने बिषयमा बहस भइरहेको बेला प्रधानमन्त्री ओलीले २५६९ औं बुद्धजयन्ती नभई बुद्धसंवत भएको बताए ।
‘उहाँ (बुद्ध) को जन्म इंसापूर्व ६२३ मा भएको थियो, ३५ बर्षमा बुद्धत्व प्राप्त गर्नुभयो, ८० बर्षमा निधन भयो’ प्रधानमन्त्री ओलीले भने —‘ बुद्धसंवत २५६९ औं हो, जन्मको हिसाबले २६४९ औं बुद्धजयन्ती हो ।’ उनले बुद्धको निधन भएको २५६८ बर्ष पूरा भएर २५६९ औं वर्ष पुगेको बताउँदै जन्मजयन्ती २६४९ नै रहेकाले अन्यालनमा नरहन आग्रह गरे ।
प्रधानमन्त्रीको अभिव्यक्तिमा शान्तिका अग्रदुत र महामानव बुद्धको जन्मजयन्ती जन्मकै आधारमा मनाउनुपर्नेमा स्पष्ट पारे । प्रधानमन्त्री ओलीले शान्ति, मानवता र करुणा नै बुद्धको उपदेश भएकाले यसको गहण सबैले गर्नुपर्ने बताए ।
लुम्बिनी क्षेत्रको ३० किमिको दुरीमा तीन तीन वटा बुद्धको जन्म भएको उल्लेख गर्दै बुद्धका उपदेशलाई व्यहारमा लागू गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीले बुद्धजयन्ती बिशेष समारोहमै संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री एव्म आयोजक लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका बद्री पाण्डेयको ध्यानआर्कषण आगामि बर्ष २६५० औं बुद्धजयन्तीका रुपमा मनाइने प्रतिबद्धता जनाइएको । मन्त्री पाण्डेयले विगतमा बुद्धिजम्का जानकारहरुलाई राखेर जन्मजयन्ती मनाउँदै आएकोमा आगामि बर्षदेखि जन्मदिनको आधारमा मनाउने प्रतिबद्धता जनाए ।
‘बुद्धको जन्मजयन्ती २६४९ औं नै हो, लुम्बिनी विकास कोषले अर्को बर्षबाट जन्मजयन्ती नै मनाउने प्रतिबद्धता गर्दछु’ उनले भने । बैशाख २१ गते राष्ट्रियसभाका सदस्य अञ्जन शाक्यले बुद्धजयन्ती जन्मकै आधारमा मनाउनुपर्ने माग गरेकी थिईन । शाक्य मात्र नभई अन्य व्यक्तिहरुले समेत बुद्धजयन्तीको सन्दर्भमा समयको बिषयमा दुईमत रहदै आएको ।
लुम्बिनी विकास कोषले ब्यानरदेखि निम्ताकार्ड सम्मका २५४९ औं बुद्धजयन्ती भनेर मनाएको कार्यक्रममा प्रधानमन्त्री र पर्यटनमन्त्री दुवैले जन्मको आधारमा मनाउने प्रतिबद्धता जनाएका हुन । लुम्बिनी विकासका कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले समेत स्वागतका क्रममा जन्मजयन्तीको बिषयमा भएको फरक फरक विचारलाई सबै सम्प्रदायका बुद्धिष्ट समुदाय बसेर टुग्याउनुपर्ने बताए । उनले समयको बिषयमा सरकारले नै टुग्यांएर अर्को बर्ष अन्तर्राष्ट्रिय स्तरको रुपमा मनाउनुपर्ने बताए ।
श्रीलंकाको ऐतिहासिक ग्रन्थ दीपवंश र महावंशको ऐतिहासिक र कालक्रमिय विवरणका आधारमा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीमा इसापूर्व ६२३ वैशाख पूर्णिमाको दिनमा भएको हो । सम्राट् अशोकको शासनकाल एवं पुरातात्विक तथ्यहरूका आधारमा बुद्धको जन्ममिति इसापूर्व ६२३ नभई ५६३ मान्ने अधिकांश इतिहासकारहरू छन् ।
संयुक्त राष्ट्रसंघ र युनेस्कोले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दा बुद्धको इसापूर्व ६२३ लाई नै शाक्यमुनि बुद्धको जन्ममिति मानेको छ । बुद्धको जन्म, मत्यू र ज्ञानप्राप्ती बैशाख शुक्लपूर्णिका दिन भएकाले त्रिसंयोगका रुपमा मनाउने गरिन्छ ।
बुद्धजयन्ती बिशेष समारोहमा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव, चिनका राजदुत चेन सोङ, थाईल्याण्डका राजदुत स्वापोङ सिरिसोर्न, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुका, कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बोल्दै बुद्ध उपदेशले विश्वलाई जोड्न बुद्धको उपदेशलाई ग्रहण गर्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्रमा भएको मूल समरोहमा संघीय मन्त्री, प्रदेशका मन्त्री, सांसद सहित जनप्रतिनिधि, भिक्षु भिक्षुणी, लामा गुरुमा, उपासक उपासिकाहरुको उपस्थिती रहेको । मूल समरोह अघि विहान शान्ति ¥याली निकालिएको थियो । लुम्बिनीसँगै बुद्धजयन्तीका अवसरमा रामगाम, कपिलबस्तु र देवदहमा पनि विभिन्न कार्यक्रम गरिएको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।