Lumbini Rise
देवदहमा मंगल पुष्करिणी दह महोत्सव शुरु, महापरित्राण पाठ गरियाे


 

देवदह - देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। बिहिवार एक कार्यक्रम बीच दहमा महापरित्राण पाठ गरि महोत्सवको सुरूवात गरियो।

देवदह-७ स्थित अन्तराष्ट्रीय भिक्षुणी विहारबाट मंगलपुष्करिणी दहसम्म कलश यात्रा गरि महोत्सवको औपचारिक सुरूवात गरिएको महोत्सव मूल आयोजक समिति संयोजक समेत रहेका देवदह-९ का वडा अध्यक्ष मोहन जिसीले जानकारी दिए।

महोत्सवको पहिलो दिन सकल प्राणी जगतमा सुख, शान्ति, समृद्धिको कामना गर्दै भिक्षु महासंघबाट मंगलपुष्करिणी दहमा महापरित्राण पाठ गरिएको छ। अखिल नेपाल भिक्षु महासंघका पुर्व केन्द्रीय अध्यक्ष तथा अन्तराष्ट्रीय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा महापरित्राण पाठ गरिएको हो।

महोत्सव उद्धाटन समारोहमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदहका प्रथम नगर प्रमुख हिरा बहादुर खत्री, अन्तराष्ट्रीय भिक्षुणी महासंघ तथा यशोधरा भिक्षुणी बिहारकी अध्यक्ष न्यानवती गुरुमा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै भिक्षु मैत्री महास्थवीरले बृहत्तर देवदह क्षेत्रको विकास आवश्यक रहेको बताए। ुदेवदह एउटा महत्वपूर्ण क्षेत्र हो, दहसंगै यहाँ रहेका अन्य बौद्धकालिन महत्वपूर्ण क्षेत्रको विकासले समग्र देवदहलाई समृद्ध बनाउने छु उनले भने। भिक्षु मैत्री महास्थवीरले देव दह, बैरिमाई, कन्यामाई, पाकरीसहित पण्डितपुर र रामग्रामलाई समेत समेटेर विकास गरिनुपर्ने विचार व्यक्त गरे।

महापरित्राण पाठको औपचारिक समारोह वडा अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक मोहन जिसीको अध्यक्षता, प्रगति सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गबहादुर रानाको स्वागत र संचारकर्मी कमला अर्यालको संचालनमा सम्पन्न भएको थियो।

महोत्सवको कलश यात्रामा स्थानीय संघ, संस्था र आमा समूहले व्यानरसहित संस्थागत प्रतिनिधित्व जनाएका छन। भुपु सैनिक कल्याणकारी समाज, मगर संघ, उज्यालो लालटिन प्रतिष्ठान आदि संघसंस्थाले पानी, चिया लगायत वस्तु निशुल्क वितरण गरेका छन।

 महापरित्राण पाठ के होरु किन गरिन्छ  ?


बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गरेका केही सूत्रहरूलाई परित्राण पाठ भनिन्छ। यो पाठ विश्वभरिका बौद्ध भिक्षुहरूले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो, विशेषगरी पाली भाषा प्रयोग गर्ने थेरवादी बौद्ध मुलुकहरूमा लोकप्रिय छ।

 

परित्राण पाठ स्वयं तथागत गौतम बुद्धले विभिन्न समय र परिस्थितिमा पाठ गरेका सूत्रहरूको संकलन हो। यी सूत्रहरू बुद्धका आधारभूत शिक्षाबाट छनोट गरिएका हुन्छन्। जन्मदिन, गृहशान्ति, रोग निवारण, आपत(विपत, तथा अन्य धार्मिक अनुष्ठानहरूमा श्रद्धेय भिक्षुहरूले यो पाठ गराउने परम्परा रहेको छ। प्रारम्भमा यी सूत्रहरू करिब दुई हजार वर्षअघि ताडपत्रमा लेखिएका थिए। पछि परिमार्जन गर्दै परित्राण पाठलाई पुस्तकका रूपमा संकलन गरियो।

परित्राण पाठका अधिकांश सूत्रहरू सूत्र पिटक अन्तर्गतका अंगुत्तर निकाय, मज्झिम निकाय, दीघ निकाय, संयुक्त निकाय, तथा खुद्दक निकाय बाट लिइएका छन्। यस पाठले मानसिक सुदृढता बढाउने, नकारात्मक विचार हटाउने, दुर्भाग्य टार्ने, अस्वस्थता कम गर्ने र ग्रहदशाको दुष्प्रभावबाट जोगाउने विश्वास गरिन्छ। भिक्षुहरूले यो पाठ विशेष लयमा उच्चारण गर्ने प्रचलन छ।

परित्राण पाठ गर्दा भिक्षुहरुले शुद्व उच्चारण र उपयुक्त लयमा पाठ गर्नु पर्ने हुन्छ । यसरी गरिएको सुत्रहरुको पाठबाट महान शक्तिहरुको संचार हुन्छ । ती शक्तिहरु भनेको बुद्ध, धर्म र संघ ९तीन रत्न० हो । जसको समिश्रण नै बुद्ध धर्म हो । त्यसैले परित्राण पाठ गर्दा र सुन्दा मान्छेलाई ठूलो लाभ मिल्ने जनविश्वास छ।

 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update