नवउद्यमी प्रवर्द्धन बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता
सोमबार, साउन ११, २०८३
बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी मञ्च (एनवाइइएफ) रुपन्देहीबीच नवउद्यमीको प्रवद्र्धन, उद्यमशीलताको विकास तथा व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको छ ।संघको सचिवालयमा आयोजित कार्यक्रममा युवा उद्यमी मञ्चको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई दिँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले उद्योगी–व्यवसायीका साझा समस्या समाधानका लागि सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताए ।
बजारमा खाना पकाउने ग्यासको अभाव, जगेडा ग्यास नराख्न उद्योगीको आग्रह
सोमबार, साउन ११, २०८३
चितवन- नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन ।
बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
शनिबार, साउन ९, २०८३
काठमाडौँ - बुध्द एयरले आज एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ । बुध्द एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर–७२–६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट...
बुटवलमा चार युवाले सुरु गरे प्रिन्टओरा
शनिबार, साउन ९, २०८३
बुटवल – बुटवल क्षेत्रमै पहिलो पटक डिटिएफ प्रिन्ट (कपडामा कलरफुल प्रिन्ट) गर्ने व्यवसाय सुरू भएको छ । बुटवल ७ दिपनगरमा प्रिन्टओरा प्रालीले शनिबार एक समारोहका विच समुद्घाटन गरिएको हो । बुटवलका ४ जना युवा व्यवसायी बसन्त चन्द, जीवन थापा, बिमल खत्री र विशाल भारतीको संयुक्त लगानीमा अत्याधुनिक प्रविधिसहितको कपडामा प्रिन्ट...
बुटवल अटो इन्जिनियरिङ एसोसिएसनद्धारा सरसफाइ तथा डस्टबिन वितरण
सोमबार, साउन ४, २०८३
वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा सार्वजनिक स्थललाई स्वच्छ राख्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अटो भिलेज क्षेत्रको सरसफाइ गर्नुका साथै विभिन्न स्थानमा डस्टबिनसमेत वितरण गरिएको थियो। एसोसिएसनले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी समुदायलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक तथा जनहितका कार्यक्रममार्फत मनाउने नीति अनुरूप अभियान सञ्चालन गरेको जनाएको छ।
स्याङ्गजा अर्जुनचाैपारीमा नयाँ व्यवस्थापन सहित आकृती सुनचाँदी पसल सञ्चालन
मंगलबार, असार ३०, २०८३
बुटवल- स्याङजा अर्जुन चौपारीमा नयाँ व्यवस्थापन सहित आकृती सुनचाँदी पसल शुभारम्भ गरिएको छ । पसलकाे आफ्नै वुवा उदयबहादुर विकले आइतबार उद्घाटन गरेका हुन् । विगत डेढ दशकदेखि निरन्तर सुनचाँदी व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अर्जुन विश्वकर्माले यस क्षेत्रमै नयाँ व्यवस्थापनका साथ शुभारम्भ गरेका हुन् । गुणस्तरीय, उत्कृष्ट डिजाइन र...
समृद्धि हेयरले गर्याे १६० जना प्रशिक्षार्थीलाई दीक्षित
सोमबार, असार २९, २०८३
बुटवल । बुटवलस्थित चर्चित समृद्धि हेयर ड्रेसिङ सलुन एन्ड एकेडेमी ले १६० जना प्रशिक्षार्थीलाई दीक्षित गर्दै विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको छ। सोमबार आयोजित विशेष समारोहमा वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको हो।
लुम्बिनी सरकारकाे खर्च आधा पनि भएन, ३८ अर्बमा १८ अर्ब मात्रै खर्च !
शनिबार, असार २०, २०८३
बुटवल - लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म कुल विनियोजित बजेटको ४७.२० प्रतिशत खर्च गरेको छ ।प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको रु ३८ अर्ब ९१ करोड बजेटमध्ये जेठ मसान्तसम्म रु १८ अर्ब ३६ करोड ४८ लाख ४३...
दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकियाे
शनिबार, असार २०, २०८३
लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धन सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गरिएको छ ।लुम्बिनी प्रदेश सरकार र बौद्ध विश्व विद्यालयको आयोजनामा विहिबार र शुक्रबार दुई दिन बौद्ध सम्मेलन गरिएको हो । लुम्बिनी क्षेत्रमा सुशासन प्रवर्द्धन, बौद्ध सम्पदाको संरक्षण तथा दिगो पर्यटन...
तिलोत्तमामा आइतबारदेखि 'दलित ज्ञान उत्सव' हुने
शनिबार, असार २०, २०८३
बुटवल - रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको दलित ज्ञान उत्सव हुने भएको छ ।तिलोत्तमा नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरेर असार २१ र २२ गते ज्ञान उत्सव हुन लागेको जानकारी दिएको हो।पत्रकार सम्मेलनमा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले उत्सवले सामाजिक न्याय, सामाजिक एकता र न्याय निरूपणलाई सहयोग गर्ने गरेको बताए ।
उद्योगी व्यवसायीहरू प्रतिस्पर्धी होइन, आर्थिक समृद्धिका सहयात्री हुन् : अध्यक्ष टंक प्रसाद पोखरेल
बिहीबार, असार १८, २०८३
बुटवल- नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष, प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन गरिएको छ । बुधबार बुटवल, मिलनचोकस्थित चेम्बरको प्रदेश कार्यालयमा संस्थाका अध्यक्ष टंक प्रसाद पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। निजी क्षेत्रका दुई प्रतिष्ठित व्यावसायिक संस्थाहरूबीचको समन्वय, सहकार्य र...
टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड'
बिहीबार, असार ४, २०८३
कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८औँ कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न विशेष समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
विराटनगर उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो
बिहीबार, असार ४, २०८३
काठमाडौं- काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि पुन: काठमाडौं नै फर्काइएको छ।बिहीबार दिउँसो १ बजेतिर काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ७०७ मा प्राविधिक समस्या देखिएपछि जहाज पुन: काठमाडौं नै फर्काइएको हो।

-1785155626.jpg)
