पत्रकार पुनहरि बेल्बासे सम्मानित
शनिबार, पुस २६, २०८२
भैरहवा - पत्रकार पुनहरि बेल्बासेलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देहीले सम्मान गरेको छ। सङ्घको ६७औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा बेल्बासेलाई पत्रकारितामार्फत् उद्योग, व्यापार, पर्यटन तथा कृषि क्षेत्रको आर्थिक विकासमा सकारात्मक योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ गर्ने
शुक्रबार, पुस २५, २०८२
बुटवल - फर्निचर उद्योग संघ रुपन्देहीले बुटवल क्षेत्रमा फर्निचर व्यवसायको अनुगमन कडाइ गर्ने निर्णय गरेको छ। शुक्रबार संघको कार्यालय माझगाउँ, बुटवलमा बसेको बैठकले अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित १७ सदस्यीय अनुगमन समिति गठन गरेको हो। समिति अशोक कुवरको संयोजकत्वमा गठन गरिएको छ। बैठकमा पूर्व अध्यक्ष एवं सल्लाहकार समिति सम्योजक नरेश कुमार...
पर्यापर्यटनको विकासमा उद्यानकाे याेगदान अतुलनीय : सराेकारवाला
शुक्रबार, पुस २५, २०८२
बुटवल - पर्यापर्यटनको विकास र आर्थिक समृद्धिको लक्ष्यसहित स्थापना भएका देशभरका उद्यानहरूको साझा संगठन नेपाल उद्यान महासंघको प्रथम साधारण सभा तथा अधिवेशन रुपन्देहीमा शुरु भएको छ । कार्यक्रम एक समारोहबीच पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै उद्यानको विकाससँगै त्यसलाई विशिष्टिकृत गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । उद्यान समुदायको हरेक उमेर समुहका...
देवदह महोत्सवमा साढे तीन मिटरको चिचिन्नो
शुक्रबार, पुस २५, २०८२
देवदह - बुधवारदेखि सुरु भएको दशौं देवदह महोत्सवमा कृषि उत्पादन र स्थानीय व्यवसायलाई प्राथमिकता दिइएको जनाइएको छ । महोत्सवका स्टल दर्ता उपसमिति संयोजक अमृत बहादुर फुल्लेलले मेलाको उद्धेश्य नै स्वदेशी उत्पादनको बजारीकरण रहेको बताए ।
भारतीय लेफ्टिनेन्ट जनरल आर.एस. रमनले गरे लुम्बिनी भ्रमण
शुक्रबार, पुस २५, २०८२
लुम्बिनी- भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन नेपालको लुम्बिनीमा औपचारिक भ्रमणमा आएका छन्। भ्रमणमा रहेका जनरललाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा विकास कोषका कार्यकारी सदस्य श्याम रोक्का, लेखा प्रमुख भिम बस्नेत, र अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहेका थिए ।
नेको इन्स्योरेन्सद्वारा जेन-जी आन्दोलनको क्षतीवापत डेढ कराेड दाबी भुक्तानी
बुधबार, पुस २३, २०८२
बुटवल - नेकाे इन्स्याेरेन्सले लुम्बिनी प्रदेश लाेक सेवा आगाेगलाई विमा वापतकाे दावी भुक्तानी गरेकाे छ । जेन-जी आन्दोलनका क्रममा उक्त कार्यालयका सवारी साधनमा भएको क्षतिवापत विमा कम्पनीले १ करोड ६४ लाख ८० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेकाे हाे ।
‘अर्थतन्त्र सीमित ठूला व्यवसायीको ‘होल्ड’मा हुंदा साना र मझौला व्यवसायी संकटमा’
शनिबार, पुस १९, २०८२
बुटवल -नेपालको अर्थतन्त्रको ठूलो हिस्सा सीमित ठूला व्यवसायिक घरानाको ‘होल्ड’ (कब्जा) मा रहंदा देशभरका साना तथा मझौला व्यवसायी माथि उठ्न नसकेको व्यवसायीहरुले औंल्याएका छन् । उद्योग ब्यापार संघ बुटवलको सातौं वार्षिक साधारणसभामा रुपन्देहीका अगुवा व्यवसायीहरुले विभिन्न आन्दोलनले राजनीतिक व्यवस्था परिवर्तन भएपनि अर्थतन्त्रमा परिवर्तन आउन नसकेकाले अब समतामूलक र समाजवादी अर्थतन्त्र...
भिजन लुम्बिनीको साधरणसभा सकियो, १० प्रतिशत बोनस शेयर बितरण गर्ने
शनिबार, पुस १९, २०८२
बुटवल- भिजन लुम्बिनी लिमिटेडले बोनस शेयर बितरण गर्ने निर्णय पास गर्दै साधारणसभा सम्पन्न गरेको छ । बुटवलमा शनिबार आयोजित दशौँ बार्षिक साधारणसभामा प्रस्तावित १०.५२६२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय पारित भएको हो ।कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत,करबाहेकले हुन आउने लाभांश बोनस शेयर र कर प्रयोजनका लागि...
३० करोड कारोबार गर्दै सकियो औद्योगिक प्रदर्शनी
बिहीबार, पुस १७, २०८२
बुटवल- बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ छ । प्रदर्शनी समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा...
औद्योगिक प्रदर्शनीको अन्तिम समयमा बढ्यो सहभागीको चाप
बुधबार, पुस १६, २०८२
बुटवल - बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनी बिहीबार दिउँसो औपचारिक रुपमा समापन हुने भएको छ ।पुस ३ गते अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नुभएकोमा समापनको समापन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउने निश्चित भएको अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले...
फलफूल तरकारीमा जथाभावी विषादीको प्रयोगको चिन्ता
मंगलबार, पुस ८, २०८२
बुटवल, ८ पुस ।कृषि उत्पादन बढाउन अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्ता गरेका छन् । प्रर्याप्त सूचनाअभावमा किसानले किटनाशक विषादीलाई औषधिको रुपमा प्रयोग गरेका कारण यसले गम्भीर र घातक रोगहरु निम्त्याएको चिन्ता उनीहरुको छ । कीरा, रोग र झारपातबाट...
बुटवलमा औद्योगिक पर्दशनी सुरु, अर्थमन्त्री खनाले गरे उद्घाटन
बिहीबार, पुस ३, २०८२
बुटवल – रुपन्देही उद्योग संघको आयोजनामा विहिबारदेखि १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि,प्रविधि तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ । महोत्सवको अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरे । उनले उदघाटन समारोहलाई सम्बोधन गर्दै राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचनक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताए। उनले...
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार आचार्यलाई
बिहीबार, पुस ३, २०८२
बुटवल । उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार-२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार यस वर्ष आचार्यलाई प्रदान गरिएको हो ।रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्घाटन समारोहमा...


