मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरीले मनायो दोस्रो स्थापना दिवस
सोमबार, चैत ३०, २०८२
बुटवल- मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरी स्कूलको दोस्रो स्थापना दिवस तथा भित्तेपात्रो विमोचन कार्यक्रम आईतबार सम्पन्न भएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको प्रमुख आतिथ्यतामा दोस्रो स्थापना दिवस तथा भित्तेपात्रो विमोचन गरिएको हो ।कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी पाध्याले शिक्षा नै सबैभन्दा ठूलो रहेको बताउँदै अनाथ बालबालिकाहरुलाई अध्ययन गराएकोमा संस्थालाई धन्यवाद दिए । उनले अनाथ र टुहुरा बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित गराउन नहुने बताए ।
गोरखा दरवारदेखि बुटवल जितगढीसम्म नेपाली सेनाको पदयात्रा सुरु
शुक्रबार, चैत २७, २०८२
बुटवल - गोरखा दरवारदेखि बुटवल जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको पदयात्राको यो चौंथो संस्करण हो । गोरखा दरबारको हनुमानभञ्ज्याङमा एक कार्यक्रमकाबीच पदयात्रामा सहभागीहरुलाई बिदाइ गरिएको छ । टर्च लाइटको साथमा नेपाली सेनाको प्रथम कम्पनीहरू श्रीनाथ, सबुज, पुरानो गोरख, बर्दवाणी र कालिबक्स)...
महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी
शुक्रबार, चैत २०, २०८२
बुटवल - बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २८ र २९ मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका...
नवलपरासी सुनचाँदी व्यवसायी संघ बर्दघाट नगर अध्यक्षमा गाेविन्द विक निर्वाचित
आइतबार, चैत १५, २०८२
लामाे समयदेखि सुनचादी व्यवसायमा आबद्व युवा व्यवसायी विककाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे हाे । जसकाे उपाध्यक्ष संजय सुनार, सचिवमा सुरेन्द्र गोतामे, कोषाध्यक्ष झमन सिंह विश्वकर्मा निर्जाचित भएका छन् ।
अर्थमन्त्री डा. वाग्लेको पहिलो निर्णय, राजस्व अनुसन्धान विभाग र १५ ऐन खारेज गर्ने
शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन। अर्थमन्त्रीको पदभार सम्हाल्दै डा वाग्लेले उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा सिफारिस भएका अनुसन्धान विभागलगायत १५ ऐन खारेजको घोषणा गरेका हुन्। यही चैत १२ सम्मको आर्थिक स्थितीपत्र सार्वजनिक गर्दै १०० दिनको अर्धवार्षिक र वार्षिक...
संसार बचत तथा ऋण सहकारी संस्थाद्धारा रक्तदान, ५६ यूनिट संकलन
बिहीबार, चैत १२, २०८२
बुटवल - संसार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले विहिबार वृहत रक्तदान कार्यक्रम गरेको छ । संस्थाको १४ औ स्थापना दिवस तथा ६९ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा विहिबार बुटवल देविनगर चौपारीमा रक्तदान कार्यक्रम गरेका हुन् । जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीले रक्तदान जस्तो पवित्र कार्य...
वर्तमान विश्वमा बुद्ध शिक्षाको महत्व वढ्यो : मन्त्री सिन्हा
शनिबार, चैत ७, २०८२
लुम्बिनी - संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले वर्तमान विश्वमा बुद्ध शिक्षाको महत्व वढेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा चिनियाँ दुतावसले गरेको लुम्बिनीमा आयोजना गरेको बौद्ध ध्यान कार्यक्रममा बोल्दै विश्व परिवेशमा द्वन्द्वात्मक मानसिकता, असहिष्णुता र मनोवैज्ञानिक विभाजनको चुनौती बढिरहेको सन्दर्भमा बुद्ध शिक्षाको महत्व...
जनउत्थान सामुदायिक लघुवित्तले मनायो १५ औं साधारणसभा
सोमबार, चैत २, २०८२
बुटवल- जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५ औं साधारणसभा शनिबार बुटवलमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष डा. मानबहादुर बिकेको अध्यक्षतामा भएको साधारणसभामा प्राध्यापक डा. द्रोणप्रकाश रसालीको प्रमुख आतिथ्यता रहेको थियो ।
चैत १ देखि बुटवल महामेला हुने
शुक्रबार, फागुन २९, २०८२
बुटवल - बुटवलमा चैत १ देखि बुटवल महामेला हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोजको आयोजनामा यहि चैत १ बाट २४ गते सम्म बुटवल महामेला आयोजना हुने भएको हो । आयोजक संस्थाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि मेलको तयारि पुरा गरिएको जानकारी दिएका हुन ।
बुध्द एयरको २४ लाखभन्दा बढी यात्रु बोकेको जहाजकाे विदाइ
बिहीबार, फागुन २८, २०८२
काठमाडौँ- विश्वमै पहिलो पटक एटीआर–७२ जहाजको विदाई १६ वर्षमा २४ लाखभन्दा बढी यात्रुलाई सुरक्षित हवाईसेवा जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुध्द एयरले कल साईन 9N-AJO रहेको एटीआर–७२ जहाजलाई औपचारिक रुपमा विदाई गरेको छ।
सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घट्यो
बुधबार, फागुन २०, २०८२
काठमाडौँ । बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
प्राविधि विस्तारबाट गहुँको उत्पादन र उत्पादकत्व बढाउने
सोमबार, फागुन ११, २०८२
रुपन्देही- रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजय कुमार यादव परम्परागत तरिकाले गहुँ खेती गर्दै आउनुभएको थियो । भारतीय सिमा क्षेत्रसँग नजिक भएकाले उहाँले भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आउनु भएको थियो । आवश्यक प्राविधिक ज्ञानको अभावमा अपेक्षित उत्पादन लिन पनि सक्नु भएको थिएन ।
प्रधानमन्त्री सुशीला कार्कीद्धारा लुम्बिनी भ्रमण
शनिबार, फागुन ९, २०८२
लुम्बिनी– प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन्। विश्वशान्तिको प्रतीक तथा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री कार्कीले लुम्बिनी भ्रमण गरेकी हुन्।


