पाल्पाको समृद्धी एक मात्र लक्ष्य : साेम प्रसाद पाण्डे
आइतबार, माघ १८, २०८२
बुटवल - नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास निर्माणका आयोजना पुरा गर्नका लागि आफु निर्वाचनमा होमिएको बताएका छन् ।२०७९ सालमाको निर्वाचनमा आफु पराजित भएको र त्यस पछि विकासका कामहरुले गति लिन नसक्दा आफुलाई निर्वाचनमा उठन् आग्रह पाल्पाबासीहरुले आग्रह गरेको पाण्डेले बताए ।
भोट मात्रै होइन, पारिवारिक सम्बन्ध जोड्दै नेता आले
शनिबार, माघ १७, २०८२
नेता आलेले राजनीति केवल भोट माग्ने माध्यम नभई जनतासँग विश्वास, सम्बन्ध र उत्तरदायित्व जोड्ने प्रक्रिया भएको बताउँदै आउनु भएको छ । उहाँले आगामी दिनमा पनि जनताको घरदैलोमा पुगेर उनीहरूका समस्यालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
विश्वदीप जिताउन रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन
बिहीबार, माघ १५, २०८२
बुटवल - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले रुपन्देहीको क्षेत्र नं २ मा ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण जी सी निर्मलको संयोजकत्वमा गठित समितिको सह संयोजकमा कमल बस्याल, निर्देशक...
दलित अधिकार विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो
बिहीबार, माघ १५, २०८२
लुम्बिनी - लुम्बिनी प्रदेशसभामा पेश भएकाे दलित अधिकार विधेयकमाथिको सैद्धान्तिक छलफल बुधबार सकिएको छ ।प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा बुधबार दलित अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सकिएको हो ।
संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले सार्वजनिक गर्यो घोषणापत्र
बुधबार, माघ १४, २०८२
बुटवल-राष्ट्रिय जनमोर्चाले आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र बुटवलमा सार्वजनिक गरेको छ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित २५ बुँदे घोषणापत्र जारी गरेको हो । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई बलियो बनाउन विकेन्द्रित र सन्तुलित विकास...
पूर्वसांसद रामचन्द्र भट्टराईको निधन
बुधबार, माघ १४, २०८२
रुपन्देही - पूर्वसांसद रामचन्द्र भट्टराईको निधन भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ३ मा बस्दै आएका ८३ वर्षीय भट्टराई निवासमै मंगलबार दिउँसो निधन भएको हो । श्रीमती मैया भट्टराईको निधन भएको एक वर्षमै रामचन्द्रको निधन भएको हो । तीन छोरा र दुई छोरी भएका भट्टराई राष्ट्रिय सभा सदस्य भएका...
शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहिलो पहल मैले गरेको हुँ : नेता पाण्डे
मंगलबार, माघ १३, २०८२
बुटवल- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि पाल्पा क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेद्वार सोमप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्तरगत शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहल र प्रस्ताव सबैभन्दा पहिले आफूले गरेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशसभामा दलित अधिकार र बिषादी विधेयक पेस
मंगलबार, माघ १३, २०८२
बुटवल - लुम्बिनी प्रदेशसभाको मंगलबार बसेको हिउँदे अधिवेशनको दोस्रो बैठकमा दुई विधेयक पेस भएका छन् ।सरकारका तर्फबाट प्रदेश सभामा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि पेस गरेका छन् ।
प्रचण्डसँग रुपन्देही २ का उम्मेद्वार विश्वदीपको भेट : 'माहोल बढ्दै छ, चुनाव जितिन्छि'
मंगलबार, माघ १३, २०८२
बुटवल - नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुपन्देही २ को निर्वाचनबारे चासो व्यक्त गर्दै उम्मेद्वार विश्वदीप पाण्डेसँग जानकारी लिएका छन् ।लुम्बिनी प्रदेशको महत्वपूर्ण सहर बुटवल र बुद्धजन्मस्थल लुम्बिनी रहेको क्षेत्र भएकाले प्रचण्डले रुपन्देही २ बारे बिशेष चासो राखेका हुन् । उम्मेद्वार पाण्डेसँग निर्वाचनको माहोलबारे जानकारी लिदैं आफूलाई सकरात्मक...
रुपन्देही–५ मा नेकपा उम्मेद्धार वकिल मुसलमान जिताउन ५००१सदस्यीय निर्वाचन समिति गठन
आइतबार, माघ ११, २०८२
लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार वकील मुसलमानलाइ जिताउन ५ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिबार सम्पन्न क्षेत्र नं ५ को विस्तारित बैठकले हिराबहादुर रोकाको संयोजकत्वमा तथा अर्जुन ढकालको सह–संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गर्ने निर्णय गरेको...
लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचन : सांसद र जनप्रतिनिधि अनुपस्थित (नाम सहित)
आइतबार, माघ ११, २०८२
बटवल- राष्ट्रियसभा सदस्य निर्वाचनको लागि लुम्बिनी प्रदेशको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सम्पन्न भएकाे छ। रिक्त ३ पदका लागि भएकाे निर्वाचन दिउँसो ३ बजे सकिएकाे प्रदेश निर्वाचन कार्यालय दाङले जनाएकाे छ।प्रदेशसभा सदस्यतर्फ महिला ३० र पुरुष ४८ जम्मा गरी जम्मा ७८ जनाले मात्र मतदान गरे। मतदानमा पाँच सांसद अनुपस्थित रहे...
रूपन्देही २ का उम्मेदवार विश्वदीपद्वारा रिटर्नीहरूसंग अन्तरक्रिया
शनिबार, माघ १०, २०८२
वुटवल- रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुभाष पाण्डे (विश्वदीप)ले रिटर्नी नेपालीहरूबाट नेपालले लाभ लिने बतावरण आवश्यक रहेकाे बताएका छन् । रिटर्नी सेन्टर नेपालले शनिबार बुटवल १२ मिलनपार्कमा आयाेजित भेला तथा वनभाेज कार्यक्रमलाई सम्बाेधन गर्दै उनले रिटर्नीहरूकाे ज्ञान, सिपलाई उपयाेग गर्ने नीति बनाउनुपर्ने बताएका हुन् ।
पाल्पा क्षेत्र न.२ मा सोमप्रसाद पाण्डेले सुरू गरे चुनावी अभियान
शुक्रबार, माघ ९, २०८२
बुटवल- नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पाल्पा क्षेत्र न. २ का उम्मेद्वार सोमप्रसाद पाण्डेले चुनावी अभियान सुरु गरेका छन् । पूर्वमन्त्री समेत रहेका पाण्डेले शुक्रबार सिद्धबाबा मन्दिरमा पुजाआजा र सिद्वबाबा सुरूगमार्ग अगाडि पत्रकार सम्मेलन गरि चुनाबी अभियानको सुरुवात गरेका हुन् ।


