बुटवल १२ र १३ मा लालपूर्जाविहिन जग्गाको नापजाँच शुरु
मंगलबार, जेठ २०, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच शुरु गरेको हो ।
१८ लाखको भन्सार छलीका सामान बरामद
सोमबार, जेठ १९, २०८२
बुटवल – रुपन्देही प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको भन्सार छली चोरी पैठारीका १८ लाख २१ हजार बराबरको सामान बरामद गरेको छ । रुपन्देही मायादेवी गाउँपालिका वडा नं.६ मोतीपुरबाट लु २ च ७३२१ न.को पिकअपमा अवैध रूपमा ल्याउँदै गरेको २ भैँसी ,१ पाडा र १ पाडी सहित गाडी चालकलाई नियन्त्रणमा लिइएको...
लुम्बिनी मन्त्रिपरिषद् बैठक: निजामती नियमावली लोक सेवामा पठाइने
सोमबार, जेठ १९, २०८२
दाङ - लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकमा नियमावली संशोधनको प्रस्ताव पेश गरिएको थियो ।
प्रधामन्त्रीसँगै एमालेका नेताहरुले भने –‘म झोले’
सोमबार, जेठ १९, २०८२
बुटवल – प्रधानमन्त्री केपि शर्मा ओलीले सामाजिक सञ्जालमा म झोले भन्ने पोष्टर राखेसँगै एमालेका नेताहरुले ‘म झोले’ पोष्टर राख्न थालेका छन् । दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु...
काठमाडौँ उपत्यका बन्द फिर्ता
सोमबार, जेठ १९, २०८२
काठमाडौँ – संयुक्त जनआन्दोलन समितिले आज आह्वान गरेको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ। प्रदर्शन स्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरू रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयोजक नवराज सुवेदीले बताए ।स्तै उपत्यका बन्दमा राप्रपाको समेत समर्थन रहने भनिएकोमा अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरूको रिहाइ भएकाले जनतालाई दुःख दिने काममा...
कमल थापा र दीपक सिंह सहित ७ जना रिहा
आइतबार, जेठ १८, २०८२
काठमाडौं – पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंह सहित ७ जना रिहा भएका छन् । राजावादी प्रदर्शनका क्रममा आइतबार दिउँसो प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।
गणतन्त्र जाेगाउन सबै एकजुट बनाैं : सचिव विश्वकर्मा
आइतबार, जेठ १८, २०८२
काठमाडौँ– नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री छविलाल विश्वकर्माले वर्तमान व्यवस्था जोगाउनको निम्ति सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने आवश्यता औँल्याएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैटौँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सचिव विश्वकर्माले समावेशिता, धर्मनिरपेक्षतासँगै गणतन्त्र आएको बताए । उनले ठुलो त्याग र लगानीबाट गणतन्त्र प्राप्त भएकाले ...
निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाका अध्यक्ष सहित ६ जना पक्राउ
आइतबार, जेठ १८, २०८२
काठमाडौं – निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् । शान्ति सुरक्षा कायम गर्न नियन्त्रणमा...
लुम्बिनीको महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य : मुख्यमन्त्री आचार्य
शनिबार, जेठ १७, २०८२
बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । शनिवार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताए ।
नेवा मुक्ति मोर्चा बुटवल उपमहानगर समिति गठन
शनिबार, जेठ १७, २०८२
बुटवल– नेकपा माओवादी केन्द्र निकट नेवा मुक्ति मोर्चा बुटवल उपमहानगर समिति गठन भएको छ । नेवा मुक्ति मोर्चा लुम्बिनी प्रदेश अध्यक्ष रिज्जु श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार बुटवलमा भएको भेलाले समिति गठन भएको हो । रामकुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र शुभारम्भ
शनिबार, जेठ १७, २०८२
बुटवल–लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्र शुभारम्भ गरिएको छ । रक्तसञ्चार केन्द्रको शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुभारम्भ गरेका हुन । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको बताए । उनले निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका...
पूर्व गृहमन्त्री खाँणले अर्थमन्त्री पौडेललाई किन गरे प्रशंसा
शनिबार, जेठ १७, २०८२
आगामी आर्थिक वर्ष ०८२/०८३ बजेटबारे मिश्रित टीकाटिप्पणी आइरहेको छ । तर, अर्थमन्त्री विष्णु प्रसाद पौडेलको गृह नगर बुटवलमा भने नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले प्रशंसा गरेका छन् । भुटानी शरणार्थी प्रकरणको मुद्राका कारण लामो समय मौन प्राय बसेका खाँण अदालतले धरौटीमा रिहा गरेपछि सार्वजनिक कार्यक्रमहरूमा बिस्तारै सक्रियता...
लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु
शुक्रबार, जेठ १६, २०८२
लुम्बिनी – लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु भएको छ । लुम्बिनी प्रदेशको आर्थिक विकास तथा बौद्ध पर्यटन केन्द्रीत रही आर्थिक शिखर सम्मेलन आयोजना गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन...


