Lumbini Rise
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? काठमाडौँ  नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य १६०० रुपैयाँ घटेको हो । 
टप इण्ड टी-२० सिरिजमा आज मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल
टप इण्ड टी-२० सिरिजमा आज मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल  लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ । टप इन्ड टी२० शृङ्खलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित...
मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु
मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित जङ्गलेश्वर मन्दिर अगाडि मनहरीबाट हेटौँडा बजारतर्फ जाँदै गरेको प्र।३–०२–००६ प १९८० नं। को मोटरसाइकलले सडक क्रस गर्दै गरेको अवस्थामा ठक्कर दिँदा घाइतेभएकी परम ज्योति देवी चौधरीको उपचारको क्रममा मङ्गलबार मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जापानीज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु
जापानीज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु ती मध्ये तीन जनाको मृत्यु भएको हो ।जापानीज इन्सेफलाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ ।
टप इन्ड टि-२० सिरिजमा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट
टप इन्ड टि-२० सिरिजमा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले जितको खाता खोलेको छ । नन्दन यादवको घातक बलिङको मद्दतले नेपालले पहिलो जित हात पारेको हो । मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गरेको छ।१ सय ८१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १६।१ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्र...
कार्य सम्पादनमा तिलोत्तमा देशकै दोस्रो, लुम्बिनीमा पहिलो
कार्य सम्पादनमा तिलोत्तमा देशकै दोस्रो, लुम्बिनीमा पहिलो सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार प्रकाशित सूचनामा तिलोत्तमा नगरपालिकाले कार्यसम्पादन नतिजामा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको उल्लेख गरिएको छ । तिलोत्तमाले अघिल्लो आर्थिक वर्ष कै दोस्रो स्थानलाई यर्थावत कायम राखेको नगरपालिकाले जनाएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार १०० निर्धारण भएको छ ।
पाल्पा भलिबल संघले जित्यो दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि
पाल्पा भलिबल संघले जित्यो दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि पाल्पा - श्रीनगर भलिबल क्लबको आयोजनामा सम्पन्न दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि पाल्पा जिल्ला भलिबल संघले चुमेको छ । गत साउन २८ गतेदेखि सुरु प्रतियोगिताको सोमबार तानसेन टुँडिखेलमा सम्पन्न फाइनल प्रतियोगितामा फरइभर जापान जोकियो भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको हो । 
बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त
बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त काठमाडौं - बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् निकट स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । उक्त प्रतिवेदनलगत्तै सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
नेफ्स्कूनको सर्वोत्कृृष्ट ‘सहकारी संघ सम्मान’ रुस्कून रुपन्देहीलाई
नेफ्स्कूनको सर्वोत्कृृष्ट ‘सहकारी संघ सम्मान’ रुस्कून रुपन्देहीलाई बुटवल–रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (रुस्कून) नेपालमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)मा आवद्ध ६३ वटा जिल्ला मध्ये रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड उत्कृष्ट भएको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र र सरकारी कागाजात सहित रुपन्देहीबाट एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र र सरकारी कागाजात सहित रुपन्देहीबाट एक जना पक्राउ रुपन्देही– नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरू सहित रुपन्देही प्रहरीले एकजना  भारतीय नागरिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर–१ बेलहिया बसपार्कस्थित काम गर्ने भारत घर भएका २५ वर्षीय अभिषेक यादव रहेका छन् ।उनलाई प्रहरीले रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको हो ।
घरमै मृत भेटिए १३ वर्षीय बालक
घरमै मृत भेटिए १३ वर्षीय बालक स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५, द्वारभञ्ज्याङमा १३ वर्षीय बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय श्री सरस्वती आधारभूत विद्यालय मिनाङ्कोटमा कक्षा ८ मा अध्ययनरत निशान थापा मृत भेला परेका हुन् ।
Weather Update