Lumbini Rise
मेलवर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य
मेलवर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शहाब आलमले एक एक विकेट लिएका थिए ।
अघिपछि एमाले हुने, चुनावको बेला छाड्ने कार्यकर्ता चाहिँदैन : शंकर पोखरेल
अघिपछि एमाले हुने, चुनावको बेला छाड्ने कार्यकर्ता चाहिँदैन : शंकर पोखरेल आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्‍याउने पार्टी नेकपा एमाले भएको जिकिर गरे । अरूले के गर्दछ भन्दा पनि एमाले के गर्दछ भन्ने कुरा देशको लोकतन्त्रको लागि मानक बन्ने उनको धारणा थियो ।त्यसैले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा...
काठमाडौँ महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना गर्न शुरु
काठमाडौँ महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना गर्न शुरु काठमाडौँ महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना गर्न शुरु गरिएको छ ।आइतबार महानगर प्रहरी बलद्वारा पूर्व सूचना बमोजिम सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यत्तिलाई पाँच सय जरिवाना गर्न शुरु गरिएको छ ।
जङ्गली च्याउ खाँदा दम्पतीको मृत्यु
जङ्गली च्याउ खाँदा दम्पतीको मृत्यु रोल्पामा विषालु जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ। परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उनकी पत्नी ७३ वर्षीया नर्मला ओलीको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।भागिरामले मङ्गलबार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए।
खानेपानी कार्यालय नवलपरासीद्वारा ९२ प्रतिशत बजेट खर्च
खानेपानी कार्यालय नवलपरासीद्वारा ९२ प्रतिशत बजेट खर्च पश्चिम नवलपरासीको खानेपानी तथा सरसफाइ कार्यालयले आर्थिक वर्ष २०८१र८२ मा विनियोजित बजेटमध्ये ९२।२८ प्रतिशत खर्च गरेको छ । २०८१ भदौ ३० गते लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्थापित यस कार्यालयले छोटो अवधिमै आफ्नो वित्तीय लक्ष्य प्राप्त गरेको देखिन्छ ।
दाङमा १२ हजारलाई कोभिड-१९ विरुद्धको खोप लगाइने
दाङमा १२ हजारलाई कोभिड-१९ विरुद्धको खोप लगाइने -दाङमा १२ हजार नागरिकलाई कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका दश स्थानीय तहका १२ हजार नागरिकलाई भदौ २ देखि ४ गतेसम्म कोभिड १९ विरुद्धको खोप लगाइने भएको हो ।  जिल्लाका विभिन्न स्थानीय तहमा भएका ९५ वटा खोप केन्द्रमार्फत १२ हजार नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको...
लुम्बिनी विकास कोषका कर्मचारी २२ दिनदेखि आन्दोलीत, काठमाडौंमा भएको वार्ता सकरात्मक
लुम्बिनी विकास कोषका कर्मचारी २२ दिनदेखि आन्दोलीत, काठमाडौंमा भएको वार्ता सकरात्मक काठमाडाैं - २२ दिनदेखि विभिन्न माग राखेर आन्दोलित लुम्बिनी विकास कोषका कर्मचारीहरुको मागबारे शुक्रबार काठमाडौंमा वार्ता भएको छ । वार्ता सकारात्मक भएपनि निष्र्कषमा पुग्न सकेको छैन । संस्कृति मन्त्रालयद्वारा सहसचिव सुरेश सुरश श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समिति र कर्मचारी युनियनको टोलीबीच सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा वार्ता भएको हो ।
रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा
रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ । प्रशिक्षण भैरहवास्थित दरबार बैंक्वेटमा शनिबारसम्म सञ्चालन हुने रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले बताए। प्रशिक्षण कार्यक्रम अन्तर्गत शुक्रबार उपसभापति डा। स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य सुमना श्रेष्ठ, डा। तोसिमा कार्की र क्रान्तिशिखा धितालले सहजीकरण...
नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली
नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई  कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसका छन् । 
गुल्मीका निर्माण व्यवसायी आन्दोलित
गुल्मीका निर्माण व्यवसायी आन्दोलित भुक्तानी नपाएको पीडामा परेका गुल्मीका निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् । गत आर्थिक वर्ष २०८१(०८२ मा विभिन्न क्षेत्रमा निर्माणको कार्य गरेर पूरा भइसक्दा पनि भुक्तानी नपाएको भन्दै यहाँका निर्माण व्यवसायीले सडक पूर्वाधार विकास कार्यालय अगाडि धर्ना दिएका हुन् । 
बुटवल पाल्पा सडकको भूतखोलामा सडक भासियो, सवारी एकतर्फी 
बुटवल पाल्पा सडकको भूतखोलामा सडक भासियो, सवारी एकतर्फी  पाल्पा -  सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान भूतखोला नजिकैको सडक पुन भासिएको छ । सात वर्षअघि भासिन सुरु भएको सडकमा अघिल्लो वर्ष मात्र सडक डिभिजनले रोकथाम गरी कालोपत्र सुरुवात गरेको थियो ।
उद्योगी व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धि तालिम
उद्योगी व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धि तालिम संघले परम्परागत व्यवसाय सञ्चालन गरिरहेका र विद्युतीय बजारीकरणमा जान चाहेका व्यवसायीलाई तालिम प्रदान गरिएको हो । तालिम कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले समयको विकासक्रमसंगै व्यापार व्यवसायलाई समयसापेक्ष रुपमा लैजान आवश्यक देखिएको र त्यसको प्रवद्र्धनका लागि तालिम प्रदान गरिएको बताए ।
Weather Update