Lumbini Rise
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक काठमाडौं - निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
बेलहिया हुँदै प्रवेश गर्ने पर्यटकलाइ भव्य स्वागत
बेलहिया हुँदै प्रवेश गर्ने पर्यटकलाइ भव्य स्वागत भैरहवा - शनिबार बिहान ९ बज्नै लाग्दा नेपालभारत दसगजानजिकै नेपालप्रवेशद्वारमा फरक माहौल देखियो । सधै नेपालबाट भारततर्फ त भारतबाट नेपालतर्फ जानआउनहतारिनेहरु केहिबेर रोकिदै यताउतागरिरहेको देखिए । बिहानैदेखिप्रवेशद्वारमानिरन्तर नेपाली राष्ट्रिय गीतबजिरहेको थियो । भारतबाट दशै मनाउन स्वदेश फर्किएकाहरुमामात्रै नभएर नेपाल घुम्न आएकाविदेशीमानिसहरु अनुहारमासमेत उल्लास छाईरहेको थियो ।
अस्ताए रेलिमाई साँस्कृतिक अभियान्ता मिलन गौतम
अस्ताए रेलिमाई साँस्कृतिक अभियान्ता मिलन गौतम बुटवल– पञ्चायतविरोधी रेलीमाई साँस्कृतिक अभियानका कलाकार तथा बुटवलका व्यवसायी मिलन गौतमको निधन भएको छ ।
क्यानन मावि बुटवलद्धारा रक्तदान 
क्यानन मावि बुटवलद्धारा रक्तदान  बुटवल- नेपालीहरुको महान पर्व वडादशैैको अवसरमा सम्भावित रगतको अभावलाई मध्यनजर गरी क्यानन माध्यमिक विद्यालय बुटवलले रक्तदान कार्यक्रम गरेको छ ।नेपाल नियमिति रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीसँगको सहकार्यमा विद्यालय प्राङगणमा बुधबार रक्तदान गरिएको हो। सामाजिक अभियान्ता अर्जुन भुसालको बिशेष उपस्थितीमा रक्तदान कार्यक्रम गरिएको हो । 
ध्रुबतारा सयपत्री सहकारीको १९ औँ वार्षिक साधारणसभा
ध्रुबतारा सयपत्री सहकारीको १९ औँ वार्षिक साधारणसभा बुटवल- ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १९ औँ वार्षिक साधारणसभा शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मान बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका ज्येष्ठ सेयर सदस्य दयाराम खनालको प्रमुख आतिथ्य रहेको थियो । खनालले बोल्दै सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले यसलाई सही...
रुपन्देही उद्योग संघद्धारा पुस ३ गतेदेखि बुटवलमा मेला गर्ने घाेषणा
रुपन्देही उद्योग संघद्धारा पुस ३ गतेदेखि बुटवलमा मेला गर्ने घाेषणा बुटवल- रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने घोषणा गरेको छ ।संघले यसअघि बुटवलका संघसंस्थाहरुबीच मेला संचालन सम्बन्धमा गरिएको समझदारीअनुसार प्रदर्शनीका लागि शनिबार बोर्ड गाडेर औपचारिक सुरुवात गरेको छ । यसअघि संघको सचिवालय तथा कार्यसमिति बैठकबाट यसको निर्णय गरेर शनिबार...
कांग्रेस रुपन्देही–३ : आगजनी र ताेडफाेडमा संलग्नलाइ कारवाहीकाे माग
कांग्रेस रुपन्देही–३ : आगजनी र ताेडफाेडमा संलग्नलाइ कारवाहीकाे माग भैरहवा– नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको ‘४० औं नियमित तथा विशेष बैठक’ बिहीबार भैरहवामा सम्पन्न भएको छ । क्षेत्रीय सभापति एवं युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा पार्टीका जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा बैठक भएको थियो ।
जेनजी आन्दोलनमा क्षती भएका सम्पत्तीको लुम्बिनी सरकारले विवरण संकलन गर्दै 
जेनजी आन्दोलनमा क्षती भएका सम्पत्तीको लुम्बिनी सरकारले विवरण संकलन गर्दै  बुटवल- जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा पुगेको क्षतिबारे लुम्बिनी प्रदेश सरकारले विवरण संकलन थालेको छ । प्रदर्शनका क्रममा सरकारी भवन, सवारीसाधन, फर्निचर, कागजात, इलेक्ट्रोनिक उपकरण लगायतका क्षतिको विवरण संकलन गरिएको हो । 
बन्द रुपन्देहीका विद्यालय भोलिदेखि नियमित  संचालन हुने
बन्द रुपन्देहीका विद्यालय भोलिदेखि नियमित संचालन हुने बुटवल -  जनजीवन सामान्य हुँदै गएपछि रुपन्देहीका विद्यालय आइतबार (भोलि) बाट नियमित रुपमा संचालनमा आउने भएका छन्। जेन जी को आन्दोलनका कारण बन्द भएका विद्यालयहरु आन्दोलन सामान्य हुँदै गए पछिबाट संचालनमा आउन लागेका हुन् । 
विभिन्न कारागारबाट भागेकाहरुलाइ रुपन्देही प्रहरीले गर्याे नियन्त्रण 
विभिन्न कारागारबाट भागेकाहरुलाइ रुपन्देही प्रहरीले गर्याे नियन्त्रण  बुटवल –  जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जना कैदी बन्दीहरूलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीहरूलाई रुपन्देहीका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै बुटवल– त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ।असामान्य परिस्थितिका कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ। जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ।
रुपन्देहीका शैक्षिक संस्था भोली र पर्सि बन्द हुने, कर्फ्यूले विद्यालय चलाउन कठिन 
रुपन्देहीका शैक्षिक संस्था भोली र पर्सि बन्द हुने, कर्फ्यूले विद्यालय चलाउन कठिन  बुटवल– रुपन्देहीका निजि विद्यालयका संगठन प्याप्सन, एनप्याप्सन र हिसानले देशको पछिल्लो अवस्थालाई मध्यनजर गरी बुधबार र विहिबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।  प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनाल, नेश्नल प्याप्सनका अध्यक्ष बाबुराम बन्जाडे, र हिसान रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर न्यौपानेले मंगलबार संयुक्त विज्ञप्ती जारी गरी भदौ २६...
Weather Update