Lumbini Rise
आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा  प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश काठमाडौं - राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्धको रिट हेर्न नभ्याइने
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्धको रिट हेर्न नभ्याइने काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक​ गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा परेको पूरक निवेदन र गभर्नरको उमेर हदसम्बन्धी मापदण्डविरुद्धको रिट आज हेर्न नभ्याइनेमा परेको छ।
गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि पहल गरेका छाैं : मुख्यमन्त्री आचार्य
गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि पहल गरेका छाैं : मुख्यमन्त्री आचार्य भैरहवा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताएका छन । लुम्बिनी खबर सञ्चारगृह प्रालिले आइतबार भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्ताे बताएका हुन ।
शिक्षककाे आन्दाेलनप्रती सरकार माैन किन ?
शिक्षककाे आन्दाेलनप्रती सरकार माैन किन ? शिक्षा मन्त्री विद्या भट्टराईले आन्दोलनमा रहेका शिक्षकहरूका मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै वैशाख १२ गते बस्ने संसद अधिवेशनसम्म पर्खन आग्रह गरेकी छन् । तर, मन्त्रीको यो आग्रहलाई आन्दोलनरत शिक्षकहरुले स्विकार गरेकै छैनन । चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा शिक्षकहरु छन् ।
भैरहवामा उठ्यो समृद्धिको बहस
भैरहवामा उठ्यो समृद्धिको बहस भैरहवा - रुपन्देहीका नागरिक समाज, उद्योगी, व्यवसायी र बुद्धिजीविहरुले देशको विकास र समृद्धिबारे चिन्ता व्यक्त गरेका छन् ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को उपस्थितिमा भएको कार्यक्रममा बोल्दै उनीहरुले सदनमा जनताका आवाज उठाउन र आवश्यक पहल लिन प्रचण्डलाई अनुरोध गरे ।
लुम्बिनी प्रदेशमा स्वास्थ्य रणनीतिक कार्ययोजना कार्यान्वयन
लुम्बिनी प्रदेशमा स्वास्थ्य रणनीतिक कार्ययोजना कार्यान्वयन लुम्बिनी – लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति कार्यान्वयनमा आएको हो ।
लुम्बिनीबाट उपकुलपतिको दश बुँदे घोषणा
लुम्बिनीबाट उपकुलपतिको दश बुँदे घोषणा लुम्बिनी - नेपालका विश्वविद्यालयहरुमा पाठ्यक्रमको एकरुपता सुनिश्चित गरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धिसहितका दश बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा जारी उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । सम्मेलनले उच्च शिक्षामा नैतिक नेतृत्वको विकास गर्दै प्रविधि र एआईको उपयोगद्वारा शैक्षिक उत्कृष्टता कायम गर्ने घोषणा गरेको छ ।
डिजेल र मट्टितेलकाे मूल्य २ रुपैयाँ घट्यो, पेट्रोलको मूल्य यथावत्
डिजेल र मट्टितेलकाे मूल्य २ रुपैयाँ घट्यो, पेट्रोलको मूल्य यथावत् नेपाल आयल निगमले पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। निगमका अनुसार नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरिएको हो।
एफएनजे कर्पोरेट कप इन्जिनयर टिम र मिडिया कपकाे उपाधी ग्लोबल आवाजलाई
एफएनजे कर्पोरेट कप इन्जिनयर टिम र मिडिया कपकाे उपाधी ग्लोबल आवाजलाई नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न एफ एनजे कर्पोरेट तथा मिडिया कप २०८१ को उपाधि नेपाल ईन्जिनियर एशोसियसन र ग्लोबल आवाजले चुमेको छ ।
Weather Update