तीनकुने घटनाका मृतक परिवारलाई जनही १० लाख उपलब्ध गराउने सरकारको निर्णय
बुधबार, वैशाख १०, २०८२
काठमाडौं – सरकारले तीनकुने घटनाका मृतक परिवारलाई जनही १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
जम्मुकाश्मिर घटनाप्रती बुटवल नगरप्रमुख पाण्डेद्धारा दुःख व्यक्त
बुधबार, वैशाख १०, २०८२
बुटवल– बुटवल उपमहानगरपालिकाले भारतको जम्मुकाश्मीरमा आतंककारी हमलामा परि मृत्यू भएको घटनामा दुःख व्यक्त गरेको छ । नगरप्रमुख खेलराज पाण्डेले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी घटनामा परि मृत्यू भएका बुटवलका सुदीप न्यौपानेप्रती श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था दिलाउन माग गरेका हुन ।
जापानी राजदूत तोरू र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामा बीच भेटवार्ता
बुधबार, वैशाख १०, २०८२
लुम्बिनी - नेपालका लागि जापानी राजदूत माएडा तोरू र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ्ग) बीच सोमबार लुम्बिनीमा भेटवार्ता भएको छ । भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एंव लुम्बिनी गुरुयोजना र तिलौराकोट विश्व सम्पदा सुचीकृत गर्न सहयोग लगायतका बिषयमा राजदुत तोरू र उपाध्यक्ष...
दाउन्नेमा गएको सुक्खा पहिरोले अवरुद्ध सडक सञ्चालन
बुधबार, वैशाख १०, २०८२
नवलपरासी – दाउन्नेमा गएको सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । बुधबार (आज) बिहान ५ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडक निर्माण भइरहेको बेला मंगलबार (हिजो) मध्यान्ह बायाँतर्फ सुक्खा पहिरो खसेपछि गाडी र...
पाल्पा श्रीडाडाँका भिमबहादुर दाेभानमा मृत फेला
बुधबार, वैशाख १०, २०८२
पाल्पा – पाल्पामा एक जनाको शव फेला परेको छ । पाल्पाको तिनाउ गाउपालिका वडा न. ३ सिसुवाको भिरमा अन्दाजी श्रीडाँडा बस्ने बर्ष ६१ क भिम बहादुर सोमईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ७ गतेबाट कोही कसैलाई जानकारी नगराई घरबाट निस्केकोमा ८ गते मृत अवस्थामा शव...
कक्षा १२ को परीक्षाको नयाँ तालिका तय, वैशाख २१ देखि परीक्षा
बुधबार, वैशाख १०, २०८२
बुटवल - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति स्थगित गरेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो ११ गतेदेखि शुरु गर्ने भनिएको परीक्षा स्थगित गरी २१ गतेदेखि गर्ने निर्णय गरेको हो।
कक्षा १२ को परीक्षा स्थगित, अर्काे मिति तय भएपछि सूचना हुने
मंगलबार, वैशाख ९, २०८२
बुटवल – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा स्थगित गरेको छ। यही वैशाख ११ गतेदेखि सुरू हुने तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अहिलेलाई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए। उनले आगामी वैशाख २१ गते परीक्षा सञ्चालनको नयाँ...
रविको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
मंगलबार, वैशाख ९, २०८२
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।
पत्रकार विश्वकर्मामाथि आक्रमण गर्नेलाई कारवाही गर्न अल्टिमेटम
मंगलबार, वैशाख ९, २०८२
भैरहवा – पत्रकार राधेश्याम विश्वकर्मामाथि तस्करहरुको एक समूहले सोमबार गरेको आक्रमणमा संलग्नमाथि तत्काल कारबाहीको गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ, रुपन्देही र लुम्बिनी प्रेस क्लब, रुपन्देहीले समाचार संकलनका क्रममा एपीवान टेलिभिजनका संवाददाता विश्वकर्मामाथि भएको आक्रमणमा संलग्नलाइ कारवाही गर्न माग गरिएकाो हो ।
दाउन्नेमा सुख्खा पहिराे, जादा पूर्व पश्चिम राजमार्ग अवरुद्ध
मंगलबार, वैशाख ९, २०८२
बुटवल- पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेमा सुक्खा पहिरो खस्दा मंगलबार मध्याह्नदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक विस्तार क्रममा पहाड काट्ने र पर्खाल लगाउने काम चलिरहेका बेला सुक्खा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।
शिक्षामन्त्रीले दिइन राजीनामा, कारण यस्ताे छ !
मंगलबार, वैशाख ९, २०८२
काठमाडौँ - विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन गरेको २० औं दिनमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । नेपाल शिक्षक महासंघ र मन्त्रालयबीच बारम्बार संवाद भएपनि सहमति जुट्न नसकिरहेको बेला शिक्षामन्त्रीको सामेबार राजीनामा आएको हो ।
एकीकृत समाजवादीले थाल्यो रचनात्मक आन्दोलन, सुशासन र रोजगारीका लागि पठायो ६ हजार इमेल
मंगलबार, वैशाख ९, २०८२
काठमाडौं - नेकपा एकीकृत समाजवादीले सुशासन र रोजगारीको एजेन्डालाई प्राथमिक राखेर सृजनशिल आन्दोलन शुरु गरेको छ । नेकपा एकीकृत समाजवादीले राजसंस्था धर्म आदि मुद्दालाई केन्द्रमा राखेर केही शक्तिहरुले जनताका जायज र ज्वलन्त एजेन्डालाई छायाँमा पार्न खोजेको भन्दै वास्तविक मुद्दामा ठोस छलफलका प्रस्ताव सहित रचनात्मक र सृजनशिल रुपमा दवाव दिने आन्दोलन...


