वैकल्पिक बाटोबाट यात्रा गर्न आग्रह
मंगलबार, असार १०, २०८२
कावासोती– पूर्वपश्चिम राजमार्गको विनयीत्रिवेणी खोलाको डाइभर्सन भत्काएपछि सडक डिभिजन कार्यालयले अब डाइभर्सन बनाउने काम बन्द गरेको छ । डाइभर्सन बन्द भएपछि बुटवल–नारायणगढ सडकखण्डमा यातायात बन्द भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।
तिलोत्तमाको बजेट २ अर्ब ९२ करोड ९३ लाख
सोमबार, असार ९, २०८२
बुटवल- आगामी आर्थिक वर्ष २०८२२०८३ का लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। दोस्रो नगरसभाको सातौं अधिवेशन तेस्रो बैठकमा सोमबार उपप्रमुख जगेश्वरदेवी चौधरीले उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पुँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत...
रुपन्देहीका सांसद वासुदेव घिमिरेकाे प्रश्न : हामीसँग याेजना मागेर किन राखिएन ?
आइतबार, असार ८, २०८२
बुटवल - रूपन्देही निर्वाचन क्षेत्र न. ५ बाट निर्वाचित नेकपा एमालेका सांसद वासुदेव घिमिरेले बजेटका बारेमा संसदमा असन्तुष्टि पोखेका छन् । उनले आगामी आर्थिक वर्षका लागि गरिएको मन्त्रालयगत विनियोजनले निराशा ल्याएको बताउँदै आपत्ति जनाएका छन् । उनले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना विनियोजन गरेको भन्दै आपत्ती जनाए ।प्रत्येक सांसदबाट...
तिलोत्तमा नगरपालिकाद्धारा कृषक सेवा कार्ड वितरण सुरु
आइतबार, असार ८, २०८२
बुटवल - तिलोत्तमा नगरपालिकाले किसानहरूलाई कृषक सेवा कार्ड वितरण सुरुवात गरेको छ।परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमा आधारित व्यावसायिक रूपमा कृषि खेती गर्नका लागि तिलोत्तमा-१४ टिकुलिगढ़मा कार्ड वितरण सुरु गरिएको हो।सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न सो कार्ड वितरण गरिएको नगर प्रमुख रामकृष्ण खाँणले बताए । नगरपालिकाका ग्रामीण भेगका किसानहरूलाई...
लुम्बिनी प्रदेशसभा सदस्य रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी
आइतबार, असार ८, २०८२
बुटवल– लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ । जनमत पार्टीबाट समानुपातिक प्रदेशसभा सदस्य रायमाझीलाई जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो। अदालतले जेठ १६ गते नै पक्राउ पुर्जी जारी गरेको हो । तर, सांसद रायमाझी भने फरार छिन्। पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले...
भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी
शनिबार, असार ७, २०८२
भैरहवा - रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ सुरु भएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ ले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले हराएको छ । टस जितेर ब्याटिङ...
बुटवलबाट प्रदेश राजधानी सर्दा होटेल व्यवसायमा धमिरा लाग्यो : मेयर पाण्डेय
शनिबार, असार ७, २०८२
बुटवल - बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलबाट प्रदेश राजधानी सर्दा होटेल व्यवसायमा धमिरा लागेको बताएका छन् । होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २४ औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रमुख पाण्डेले राजधानी सरे पनि व्यवसायीको हौसलाले बुटवल धानिएको बताए ।
समाजवादी प्रेस संगठन रुपन्देहीले गर्यो पर्यटन पत्रकारिता कार्यशाला
शनिबार, असार ७, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले पर्यटन पत्रकारिता क्षमता अभिबृद्धि कार्यशाला गरेको छ ।तीन तहकै सरकारले पर्यटनमार्फत समृद्धिको यात्रामा जाने नीति लिएको अवस्थामा पत्रकारिता क्षेत्रले उठाउनुपर्ने मुद्धाका सवालमा अन्तरक्रियात्मक रुपमा कार्यशाला गरिएको हो।
नारायणघाट बुटवल सडकखण्ड आजदेखि राति १० घण्टा बन्द गरिने
शनिबार, असार ७, २०८२
नवलपुर - पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्णरूपमा बन्द गरिने भएको छ ।
यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्णरुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ ।
भारतीय राजदूतावासद्धारा लुम्बिनीमा योग प्रदर्शन
शुक्रबार, असार ६, २०८२
बुटवल– नेपाल स्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा शुक्रबार लुम्बिनीमा योग प्रदर्शनको आयोजना गरेको छ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती तथा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उपस्थित थिए। प्रदेश प्रमुख घर्ती र खेलकुदमन्त्री चौधरीले पवित्र लुम्बिनी भूमि योग जस्तो शान्तिपूर्ण अभ्यासको उपयुक्त स्थल भएको बताउँदै भारत–नेपालबीचको...


