Lumbini Rise
दुम्कीबासमा डाईभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित
दुम्कीबासमा डाईभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित नवलपुर– बर्षाका कारण दुम्किबासको विनयी खोलमा रहेको डाइभर्सन सडक बगाएपछि पूर्वपश्चिम राजमार्गको यातायात प्रभावित भएको छ। दाउन्नेको खुर्सानी खोला नजिकमा महेन्द्रराजमार्ग भासिएपछि रातीदेखि विहानसम्म अवरुद्ध सडक सञ्चालनमा ल्याइएपनि दुम्किबासको डाइभर्सन बगाएपछि यातायात प्रभावित भएको हो ।
कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट जिसी र विश्वकर्मा पुरस्कृत 
कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट जिसी र विश्वकर्मा पुरस्कृत  बुटवल – १८ औँ गणतन्त्र दिवसको अवसर पारी  कृष्णसेन इच्छुकको स्मृतिमा स्थापित कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट बुटवलका २ जना पत्रकार पुरस्कृत भएका छन् । जनगर्जन मिडिया प्रालि र जनपत्रकार सङ्गठन नेपालले बिहीबार बुटवलमा आयोजित विशेष समारोहमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार यानेन्द्र जिसी, लेखक तथा अग्रज दीपक...
शान्ति समाज रुपन्देहीले  दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनायाे
शान्ति समाज रुपन्देहीले दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनायाे दीप प्रज्वलन कार्यक्रममा कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रीय अध्यक्ष डा. बालकृष्ण चापागाईँ, नेपाल  पत्रकार महासघंका केन्द्रीय सदस्य रामराज पोख्रेल, शान्ति समाजका केन्द्रीय सचिव(लुम्बिनी) डिपि खनाल, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष श्याम पोखरेल, महिला अधिकारकर्मी रिता सेन वली लगायतले लोकतान्त्रिक गणतन्त्रको सबलीकरण नै अहिलेको आवश्यकता भएको बत्ताएका थिए । 
डा. बालकृष्ण चापागाईं सिद्धिचरण श्रेष्ठ साहित्य पुरस्कारबाट सम्मानित
डा. बालकृष्ण चापागाईं सिद्धिचरण श्रेष्ठ साहित्य पुरस्कारबाट सम्मानित बुटवल - १८ औं गणतन्त्र दिवस २०८२ तथा युगकवि सिद्धिचरण श्रेष्ठको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार बुटवलमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थित ऐतिहासिक नवजागृति पुस्तकालयद्वारा स्थापित पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठ साहित्य सम्मान २०८२ वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईंलाई प्रदान गरिएको छ ।
सरकारले ल्यायाे १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट  (पूर्ण पाठ सहित)
सरकारले ल्यायाे १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्ण पाठ सहित) काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त बैठकमा बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ रहेको छ। यो कुल बजेटको ६०. १ प्रतिशत हो। यसैगरी...
प्रदेशस्तरीय यु–१६ क्रिकेटः लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी
प्रदेशस्तरीय यु–१६ क्रिकेटः लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी ​​​​​​​भैरहवा - रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी भएको छ । बर्दियाले बाँकेलाई ६५ रनले पराजित गर्दै जित निकालेको हो । यद्यपि यी दुबै टिम उपाधि होडबाट बाहिरीसकेका छन् । उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ ।
नेपाली बिशेषताको समाजवादमा जाऔँ : विप्लव
नेपाली बिशेषताको समाजवादमा जाऔँ : विप्लव बुटवल- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको गणतन्त्रबाट कुनै पनि क्षेत्र सन्तुष्ट नभएकाले अब यसको विकल्प समाजवाद मात्रै हुनसक्ने बताएका छन् । उनले माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य गरी अर्को नयाँ युग सुरु गरेको बताउँदै तर, यो गणतन्त्रले जनतालाई सन्तुष्ट नबनाएको बताए । जनपत्रकार सङ्गठन नेपालले बिहीबार बुटवलमा गरेको...
लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुँदै 
लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुँदै  लुम्बिनी - लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको सम्मेलनको भोली (शुक्रवार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बिच उद्घाटन गर्नेछन् । लुम्बिनी, गौतम बुद्धको जन्मभूमि र विश्व सम्पदा क्षेत्र समेत रहेकाले यस प्रकारको सम्मेलनका लागि आदर्श स्थानको रूपमा रहेको विश्वविद्यालयले...
लुम्बिनी सांसद गुरुङ पदमुक्त 
लुम्बिनी सांसद गुरुङ पदमुक्त  बुटवल – लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।  जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ मंगलबारदेखि पदमुक्त भएकी हुन् ।   वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन् । 
नेपाल प्रेस युनियन रुपन्देहीले दीप प्रज्वलन गरी मनायाे स्थापना दिवस
नेपाल प्रेस युनियन रुपन्देहीले दीप प्रज्वलन गरी मनायाे स्थापना दिवस बुटवल - नेपाल प्रेस युनियन रुपन्देहीले  ३४ औँ स्थापना दिवस बुटवलको बिपी चोकमा मङ्गलवार साँझ दीप प्रज्वलन गरी मनाएकाे छ । यूनियनका केन्द्रीय नेतृत्व, नेपाली काँग्रेसका नेता एवम विभिन्न पत्रकार सम्बद्धहरुकाे सहभागितामा स्थापना दिवसमा दीप प्रज्वलन गरि मनाएकाे हो। विभिन्न कार्यक्रमकारसाथ स्थापना दिवस मनाउने नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय...
एकिकृत समाजवादीले  लुम्बिनीका मुख्यमन्त्रीलाई बुझायो २५ बुँदे स्मरणपत्र
एकिकृत समाजवादीले  लुम्बिनीका मुख्यमन्त्रीलाई बुझायो २५ बुँदे स्मरणपत्र बुटवल – नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले सोमबार प्रदेश सरकारलाई २५ बुँदे स्मरणपत्र बुझाउँदै सुशासनको व्यवहारिक कार्यान्वयन र स्वदेशमै रोजगारी सिर्जनाका लागि तत्काल कदम चाल्न  माग गरेको छ।  पार्टीका प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँको हस्ताक्षर सहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको स्मरणपत्रमा देशमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, सामाजिक असमानता र सेवा...
सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा
सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई  पूर्ण संस्थागत प्रसूति र  खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन । नगर प्रमुख खाँले नियमित रूपमा खटेर...
Weather Update