स्थापना दिवसमा अटो व्यवसायी तथा मजदुरको निशुल्क स्वास्थ्य परिक्षण
सोमबार, साउन ५, २०८२
बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही, लुम्बिनीको ३०औँ स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम शुरु भएका छन् ।
साउन ४ गते आइतबारदेखि शुरु भएको स्थापना दिवसको पहिलो कार्यक्रम निुशल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको उद्धाटन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आफु अटो व्यवसायीको हकहितमा काम गरिरहेको दाबी गर्दै आवश्यक बजेट तथा अन्य सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।