लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान
बिहीबार, साउन ८, २०८२
बुटवल - लुम्बिनी इन्टिग्रेटेड एकेडेमी र नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीको आयोजनामा आज लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा पछिल्लो समय केही रक्त समूहको रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बी.ए.एल.एल.बी. र बि.एस्सी.फरेष्ट्रीमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुबाट ३१ पिन्ट रगत संकलन भयो ।