प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जाेडाैं : मुख्यमन्त्री आचार्य
शुक्रबार, साउन ९, २०८२
बाँके–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पारे ।