विद्यालयबाटै हराए तीन विद्यार्थी
बिहीबार, असार २६, २०८२
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का असार २२ गते अपरान्हदेखि विद्यालयबाट सम्पर्कबिहीन भएको खबर आएको बताए ।
उहाँले प्रहरीलाई जानकारी हुने बित्तिकै बालकको खोजी कार्य सुरु गरिएको जनाउँदै आफन्त र विद्यालयका अन्य बालकबाट प्राप्त केही सूचनाबाट उनीहरु भारत गएको आशंका गरिएको बताए ।
‘तीन जनामध्ये एक जनाले प्रयोग गर्ने मोबाइलमा भारतीय सिमकार्ड प्रयोग भएको देखिन्छ । अरु दुई जनाको फेसबुक पनि सक्रिय अवस्थामा पाइयो’ प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो ।
उहाँँले भारतमा पनि आफन्तहरुको माध्यमबाट खोजी गर्ने काम भइरहेको बताए । बालकहरु हराएको तीन दिन बितिसक्दा पनि अवस्था अज्ञात रहेको गुनासो आफन्तबाट आएको छ ।
किसानलाई आधुनिक यान्त्रिकरणसगँ जोड्दै सुनवल नगरपालिका
बिहीबार, असार २६, २०८२
कृषकको आवश्यकतालाई ध्यानमा राखेर उनीहरुको माग अनुरुप मिनिटिलर, मिनिसेलर, चापकटरलगायतका उपकरण वितरण गरिएको सुनवल नगरप्रमुख विमला अर्यालले बताए।
उहाँका अनुसार यस आधुनिक उपकरणले लागत घटाउने, उत्पादनमा वृद्धि गर्ने, खेतीपातीमा सहजतादेखि किसानलाई काम गर्न उत्साह प्रदान गर्नेछ । वडा नम्बर ६ मा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था र सर्वाङ्गीण कृषि सहकारी...
बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार
बिहीबार, असार २६, २०८२
बाँके– बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सशसस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्तीमा फसेका सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वलीलाई उद्धार गरिएको हो ।उनीहरु सबैको अवस्था सामान्य छ । गाईवस्तु चराउन गएका उनीहरू राप्ती नदीमा...
आजको माैसम : तराइका जिल्लाहरुमा बाढीकाे खतरा
बिहीबार, असार २६, २०८२
काठमाडौँ- जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबारे सतर्कता सूचना जारी गरेको छ। महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बिहान बाढी मापन गर्दा कोशी नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ।
सम्पर्कविहिन थवाङका प्रमुख प्रशासकीय अधिृकत सहित ७ कर्मचारी गुल्मीमा भेटिए, भन्छन् –‘काम रोकिएको छैन्'
बिहीबार, असार २६, २०८२
बुटवल– रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बुधबारदेखि सम्पर्कविहीन भएपछि गाउँपालिकाले सू्चना नै निकालेको थियो । उनीहरु विहिबार विहान गुल्मीबाट सम्पर्कमा आएका छन् । गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै कर्मचारीको टोली रोल्पाको थबाङबाट...
‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ पुस्तक सार्वजनिक
बुधबार, असार २५, २०८२
काठमाडौं - सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएता पनि उनको प्रतापको क्षेत्रफल दक्षिण एसियामा बलियोसँग फैलिएको छ । पाकिस्तानमा बौद्ध सम्पदाहरु धेरै हुनुको एक प्रमाण त्यही प्रताप फैलिनुको एक बिम्ब हो । यही यथर्थालाई मनन गरेर बुधबार पाकिस्तानी राजदूतावासले पाकिस्तानमा भएका बौद्ध सम्पदाहरुको पुस्तक सार्वजनिक गरेको छ । यस...
बुटवल उपमहानगरको आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित
बुधबार, असार २५, २०८२
बुटवल- बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। बुधबार नगर सभाको १७औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो। बजेटसँगै बुटवल उपमहानगरपालिकाको सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारी साधन व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक,...
प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न विशेष अदालतको आदेश
बुधबार, असार २५, २०८२
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ। भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा बुधवार परियार हाजिर भएपछि बयान र थुनछेक बहसपछि उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
चुनावमा अन्तर्घात गरेको भन्दै लुम्बिनीका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्कासित
बुधबार, असार २५, २०८२
बुटवल– नेपाली कांग्रेसले लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र बुधबार पठाएका छन् । ढुंगानाले लुम्बिनी प्रदेश समितिलाई पत्र लेखेर कारबाहीको जानकारी गराएका हुन् ।
दाउन्नेमा सडक एकतर्फी सुचारु
बुधबार, असार २५, २०८२
अहिले भासिएको स्थानमा माटो भरेर एकतर्फी सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी ९डिएसपी० विरदत्त पन्तले जानकारी दिनुभयो । सडक भासिने क्रममा फसेको लु १ ख ५८२७ नम्बरको एउटा मालबाहक ट्रक तानेर हटाइएको छ ।
पूर्णरुपमा राजमार्ग सुचारु गराउन नारायणगढ बुटवल सडक विस्तार आयोजनाले मर्मतको काम गरिरहेको छ...
घोराहीमा पेस्तोलसहित एक पक्राउ
बुधबार, असार २५, २०८२
ट्रेनिङ सेन्टरको होस्टेलमा अवैध हतियार लुकाएर राखेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक सुरज सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासीका क्रममा मंगलवार साँझ सात राउण्ड क्षमताको एक थान पेस्तोलसहित चार थान गोली नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले...
विलासिता करको विरोधमा प्रदर्शन
बुधबार, असार २५, २०८२
असार १३ गतेदेखि आफ्ना सबै पसल व्यवसाय बन्द गरेर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले गत बुधबारबाट रिले अनशनसमेत सुरु गरेका थिए। बुधबार विभिन्न नारा लगाउँदै नेपालगन्ज, खजुरा र कोहलपुरमा मोटरसाइकल र्याली प्रदर्शन गरेका हुन्।
नेपालगन्ज सुन चाँदी व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष सलाहुद्दिन जसगढले ठुलो सङ्ख्यामा मोटरसाइकलमा निस्केका व्यवसायीले नाराबाजीसहित नेपालगन्ज, खजुरा...
नेपाल सरकार र चिकित्सक संघबीच सहमति, स्वास्थ्य सेवा सुचारु
बुधबार, असार २५, २०८२
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुखको संयोजकत्वमा गठन हुने कार्यदलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहनेछन्।
बैठक पछि जानकारी दिदै नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिल विक्रम कार्कीले यो कार्यदलको प्रतिवेदन स्वास्थ्यमन्त्री, कानूनमन्त्री, उद्योगमन्त्री र चिकित्सक संघसहितको टोलीमा पेश गरी...


