Lumbini Rise
तिलोत्तमा दलित ज्ञान उत्सव हुँदै
तिलोत्तमा दलित ज्ञान उत्सव हुँदै लुम्बिनी– स्थानीय तहको सक्रियतामा नेपालमै पहिलोपटक दलित ज्ञान उत्सव २०८२ हुने भएको छ। रुपन्देहीको तिलोत्त नगरपालिकामा न्याय, समानता र अधिकारका लागि ‘तिलोत्तमा दलित ज्ञान उत्सव’ गर्ने भएको हो। बुधबार आयोजित पत्रकार सम्मेलन पालिकाले यही वैशाख २६ र २७ गते विभिन्न कार्यक्रमसहित उत्सव गर्न लागेको छ ।
अस्ताए इमान्दार र प्रष्ट नेता प्रदीप नेपाल
अस्ताए इमान्दार र प्रष्ट नेता प्रदीप नेपाल बुटवल– वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित नेपाललाई सोमबार आईसीयूमा राखिएको थियो । नर्भिक अस्पताल थापाथलीमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो ।२०५१ सालमा बनेको एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनी सञ्चारमन्त्री रहेका थिए ।
तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा बुटवल – मानवसेवा आश्रमको सहकार्यमा आज मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा हो । २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तसम्ममा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका...
सूचना र सेवाप्रवाहमा पारदर्शीताबारे अन्तरक्रिया
सूचना र सेवाप्रवाहमा पारदर्शीताबारे अन्तरक्रिया बुटवल – सूचनाको प्रवाह र सेवाप्रवाहमा पारदर्शिता कायम गर्न सूचनाको हकको प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको छ । पब्लिक भ्वाईस नेपालको आयोजना र बुटवल उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयको सहकार्यमा सूचनाको हकमा नागरिकको पहुंच सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
लुम्बिनीका मुख्यमन्त्री र कोशीका सभामुखविच भेटवार्ता
लुम्बिनीका मुख्यमन्त्री र कोशीका सभामुखविच भेटवार्ता दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलबीच सोमबार राप्ती उपत्यका (देउखुरी) मा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए ।
होटलमा कार्यरत पेशाकर्मीलाई तालिम
होटलमा कार्यरत पेशाकर्मीलाई तालिम बुटवल – रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना र स्टर्लिङ इन्टरनेसनल कलेज अफ हस्पिटालिटीको समन्वयमा रुपन्देही आसपासका क्षेत्रमा विभिन्न होटलमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने ९९६ घण्टे० निःशुल्कवेटर/वेट्रेस तालिमको बुटवलमा शुभारम्भ गरिएको छ
बुटवल धागो कारखाना सञ्चालनको माग सहित एकिकृत समाजवादीले बुझायो नगरप्रमुखलाई ज्ञापनपत्र
बुटवल धागो कारखाना सञ्चालनको माग सहित एकिकृत समाजवादीले बुझायो नगरप्रमुखलाई ज्ञापनपत्र बुटवल - नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरले बुटवल धागो कारखाना सञ्चालन सहित विभिन्न जनसरोकारको मागहरु राख्दै सोमबार बुटवल उपमहानगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । उपमहानगरका अध्यक्ष चिनबहादुर गुरुङले नगरप्रमुख खेलराज पाण्डेय मार्फत प्रधानमन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई मागहरु सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
बुटवल बहुमुखीमा क्याम्पसमा  अनेरास्ववियुका नेताले विद्यार्थी भर्ना गर्न भन्दै पैसा उठाएकाे खुलासा
बुटवल बहुमुखीमा क्याम्पसमा अनेरास्ववियुका नेताले विद्यार्थी भर्ना गर्न भन्दै पैसा उठाएकाे खुलासा बुटवल - बुटवल बहुमुखी क्याम्पसमा अध्यनरत नेकपा एमाले निकट अनेरास्ववियुका नेताले विद्यार्थी भर्नाका नाम पैसा उठाएर ठगी गरेको खुलासा भएको छ । क्याम्पसले बैशाख १९ गते एक सूचना जारी गरी बिए चौथौ वर्षमा अध्ययनरत विद्यार्थी विवेक कुँवरले विद्यार्थीहरुसँग भर्नाका कागजात र शुल्क उठाएर फाराम नभरेको पाइएकाले कारवाही गरेको छ ।
३२औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
३२औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै काठमाण्डौ – ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस, आज नेपालमा पनि मनाइँदैछ । नामिवियाको विण्डहक शहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले ‘मे’ ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन...
केआईआईटीमा नेपाली विद्यार्थी प्रिया मृत्यूबारे छानविन आयोग गठन
केआईआईटीमा नेपाली विद्यार्थी प्रिया मृत्यूबारे छानविन आयोग गठन काठमाण्डौ – भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको घटना छानबिनका लागि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले अनुसन्धान समिति गठन गरेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार समितिलाई १० दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन समय तोकिएको छ ।
ललितपुरमा दुर्घटना: सडक विभागका डिई मेघराज मरासिनिकाे जीवन संगिनिकाे मृत्यू
ललितपुरमा दुर्घटना: सडक विभागका डिई मेघराज मरासिनिकाे जीवन संगिनिकाे मृत्यू ललितपुरमा दुर्घटना: सडक विभागका डिई मेघराज मरासिनिकाे जीवन संगिनिकाे मृत्यू
विद्यालय शिक्षा विधेयक बजेट अधिवेशनबाटै पारित गर्ने घोषणा
विद्यालय शिक्षा विधेयक बजेट अधिवेशनबाटै पारित गर्ने घोषणा काठमाडौं - सरकारले चालु बजेट अधिवेशनबाटै संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
Weather Update