Lumbini Rise
रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले कार्यालय स्थापना गरिएको जानकारी दिए । बस्नेतले निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको बताए । उनले निर्वाचन राजनीतिक दलहरूको उत्सव समेत भएको बताए।
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा बुटवल - माघे सङ्क्रान्ति तथा थारु समुदायको महान् पर्व माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार परेको माघे सङ्क्रान्ति र माघ पर्वलाई लक्षित गर्दै प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
नेपाल होस्टल एशोसियसन रुपन्देहीमा नयाँ नेतृत्व
नेपाल होस्टल एशोसियसन रुपन्देहीमा नयाँ नेतृत्व बुटवल - नेपाल होस्टल एशोसियसन रुपन्देहीको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नौ सदस्यीय समितिको उपाध्यक्षमा रोशन न्यौपाने सचिवमा भरत ओली कोषाध्यक्षमा आशा खनाल सहसचिवमा सरिता न्यौपाने र सदस्यहरुमा भागिरथ घिमिरे, हरि न्यौपाने, प्रदीप कार्की र गीता ज्ञवाली निर्वाचित भएका छन्...
आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै काठमाडौं - आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । यस वर्ष काठमाडौंको खुलामञ्चमा मूल समारोह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ । 
पवनकुमार सोठिया स्मृति क्रिकेट: रुपन्देही–११ ले टी–ट्वान्टी सिरिजमा क्लिनस्वीप 
पवनकुमार सोठिया स्मृति क्रिकेट: रुपन्देही–११ ले टी–ट्वान्टी सिरिजमा क्लिनस्वीप  भैरहवा- रुपन्देही–११ ले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ३ विकेटले हराउँदै भैरहवामा सम्पन्न ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत टी–ट्वान्टी सिरिज पनि क्लिनस्वीप गरेको छ ।रुपन्देही क्रिकेट संघको आयोजनामा संचालित प्रतियोगितामा बिहीबार अन्तिम खेल जित्दै रुपन्देहीले सिरिज क्लिनस्वीप गरेको हो । यसअघि रुपन्देहीले आर्मीविरुद्ध दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज पनि...
अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने
अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने काठमाडौं-अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो कदम चालेको हो।
कांग्रेस सभापतिमा गगन थापा [केन्द्रीय समितिको नामावलीसहित]
कांग्रेस सभापतिमा गगन थापा [केन्द्रीय समितिको नामावलीसहित] काठमाडौँ- नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा चयन भएका छन्। विशेष महाधिवेशनबाट बुधबार राति थापा निर्विरोध सभापतिमा चयन भएका हुन्। यसैगरी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भए। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।
एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता : आयोजक एभरेष्टले नै चुम्याे उपाधि 
एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता : आयोजक एभरेष्टले नै चुम्याे उपाधि  बुटवल- बुटवलमा सम्पन्न एघारौ जिल्ला स्तरीय अन्तर माबि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक एभरेष्ट ईगलिस बोर्डिङ माबिले चुमेको छ ।बुधबार भएको फाईनलमा न्यू होराईजन ईगलिस बोर्डिङ माबिलाई ३–० को सोझो सेटमा पराजित गर्दै एभरेष्टले उपाधि चुमेको हो । उपाधिसंगै एभरेष्ट नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो...
क्यानन माविमा तीन दिने ‘स्पोर्टस् मिट’ सम्पन्न  
क्यानन माविमा तीन दिने ‘स्पोर्टस् मिट’ सम्पन्न   बुटवल– क्यानन माध्यमिक विद्यालय बुटवल सुख्खानगरले ‘तीन दिने स्पोर्टस मिट’ कार्यक्रम गरेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत विभिन्न खेलकुलका कार्यक्रमहरु सम्पन्न भएका हुन् । प्रि–नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुविच विभिन्न खेलकुदका प्रतियोगिताहरु सम्पन्न भएको विद्यालयले जनाएको छ । बार्षिक क्यालेन्डर अनुसार ‘स्पोर्टस् डे’ का अन्तर्गत भएका विभिन्न प्रतियोगितामा...
नेकपामा मिसिए सुमन सायमी
नेकपामा मिसिए सुमन सायमी काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच एकता भएको छ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी सहितका नेताहरू एकता प्रक्रियामा सामेल भएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीहरू बीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । सहमति पत्रमा नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड,...
काँग्रेस अन्तत फुटमा गयाे,  गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही
काँग्रेस अन्तत फुटमा गयाे, गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ ।
Weather Update