अनेरास्विवयू रूपन्देहीले दियो बालेन र सुदनविरूद्व किटानी जाहेरी
शुक्रबार, असोज २४, २०८२
बुटवल– अनेरास्ववियु रुपन्देहीले जेनजी आन्दोलनलाई गलत रुपमा दुरुपयोग गरेको अभियोगमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा किटानी जाहेरी दिएको छ।भदौ २३ र २४ गते जेनजी आन्दोलनको दुरुपयोग गरी रूपन्देहीमा क्षति गराएको भन्दै अनेरास्ववियूले किटानी जाहेरी दिएको हो।
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
मंगलबार, असोज २१, २०८२
काठमाडौं - निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
नेपाल एयरलायन्सको जहाजले अलपत्र यात्रुलाई भैरहवाबाट लग्यो काठमाडौं
सोमबार, असोज २०, २०८२
काठमाडौंबाट भैरहवा आउँदा उक्त जहाजमा ७६ जना यात्रु आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापवावु तिवारीले जानकारी दिए । नियमित उडान भर्दै आएका जहाजमा टिकट नपाएपछि भैरहवामा यात्रुहरु अलपत्र परेका थिए । बर्षातले सडक अवरुद्ध हुँदा हवाई चाप बढेको हो । जरुरी कामले काठमाडौं जानुपर्ने यात्रुहरु अलपत्र परेपछि सरकारले न्यारोबडीमार्फत् उडान...
काठमाडौँबाट सवारीसाधन आवतजावतमा तीन दिन रोक
शनिबार, असोज १८, २०८२
काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत तीन दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकामा सवारी आवतजावत आगामी तीन दिनका लागि पूर्ण रूपमा रोक लगाएको हो। ‘लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका...
कपिलवस्तुमा बस दुर्घटना, ३६ यात्रु घाईते
शनिबार, असोज १८, २०८२
बुटवल - धनगढीबाट काठमाडौँतर्फ आउदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा शनिबार विहान दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका छन् ।
अर्घाखाँचीबाट गुल्मी पुर्काेटदह जाँदै गरेकाे जीप दुर्घटना, २ जनाको मृत्यू
सोमबार, असोज १३, २०८२
बुटवल – अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो ।
बेलहिया हुँदै प्रवेश गर्ने पर्यटकलाइ भव्य स्वागत
आइतबार, असोज १२, २०८२
भैरहवा - शनिबार बिहान ९ बज्नै लाग्दा नेपालभारत दसगजानजिकै नेपालप्रवेशद्वारमा फरक माहौल देखियो । सधै नेपालबाट भारततर्फ त भारतबाट नेपालतर्फ जानआउनहतारिनेहरु केहिबेर रोकिदै यताउतागरिरहेको देखिए । बिहानैदेखिप्रवेशद्वारमानिरन्तर नेपाली राष्ट्रिय गीतबजिरहेको थियो । भारतबाट दशै मनाउन स्वदेश फर्किएकाहरुमामात्रै नभएर नेपाल घुम्न आएकाविदेशीमानिसहरु अनुहारमासमेत उल्लास छाईरहेको थियो ।
सल्यानको कपुरकोटमा गाडी दुर्घटना, तीन जनाको मृत्यु
आइतबार, असोज १२, २०८२
बुटवल– सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा मा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडि आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दशैंमा पानी पर्छ की पर्दैन, यस्तो छ दशैं मौसम
आइतबार, असोज १२, २०८२
बुटवल– जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना रहेकोे जनाएको छ ।विभागले आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना औंल्याएको हो । यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भन्दै विभागले मौसमको अध्यावधिक जानकारी लिई...
अस्ताए रेलिमाई साँस्कृतिक अभियान्ता मिलन गौतम
बिहीबार, असोज ९, २०८२
बुटवल– पञ्चायतविरोधी रेलीमाई साँस्कृतिक अभियानका कलाकार तथा बुटवलका व्यवसायी मिलन गौतमको निधन भएको छ ।
क्यानन मावि बुटवलद्धारा रक्तदान
बिहीबार, असोज ९, २०८२
बुटवल- नेपालीहरुको महान पर्व वडादशैैको अवसरमा सम्भावित रगतको अभावलाई मध्यनजर गरी क्यानन माध्यमिक विद्यालय बुटवलले रक्तदान कार्यक्रम गरेको छ ।नेपाल नियमिति रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीसँगको सहकार्यमा विद्यालय प्राङगणमा बुधबार रक्तदान गरिएको हो। सामाजिक अभियान्ता अर्जुन भुसालको बिशेष उपस्थितीमा रक्तदान कार्यक्रम गरिएको हो ।
ध्रुबतारा सयपत्री सहकारीको १९ औँ वार्षिक साधारणसभा
शनिबार, असोज ४, २०८२
बुटवल- ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १९ औँ वार्षिक साधारणसभा शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मान बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका ज्येष्ठ सेयर सदस्य दयाराम खनालको प्रमुख आतिथ्य रहेको थियो । खनालले बोल्दै सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले यसलाई सही...
पत्रकार मनोरञ्जन शर्माको निधन
शनिबार, असोज ४, २०८२
बुटवल– पत्रकार मनोरञ्जन शर्माको शनिबार निधन भएको छ । शर्माको उपचारका क्रममा शनिबार बेलुकी ५ बजे रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा निधन भएको हो । विगत दुई वर्षदेखि क्यान्सरबाट ग्रसित शर्मा भैरहवा क्षेत्रलाई आधार बनाएर ढाई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए ।


