दाउन्नेमा पहिरसँगै सडक पनि भासियो, सडक पूर्ण रुपमा अवरुद्ध
बुधबार, असार २५, २०८२
बुटवल - बुटवल नारायणगढ सडकअण्ड अन्तर्गत दाउन्नेमा पहिरो र सडक नै भासिएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । दाउन्ने खुर्सानी खोला नजिकै माथिबाट पहिरो र सडक समेत भासिर्एपछि पूर्वपश्चिम राजमार्गत विहानबाट पूर्ण रुपमा अवरुद्ध भएको हो । विहानसम्मगाडी चलेको भएपनि माथिबाट पहिरो र सडकको भाग चिरा चिरा परेर भासिएपछि एउटा ट्रक त्यही फसेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार फसकेको लु१क ५८२७ नम्बरको ट्रक निकाल्ने कार्य भइरहेको छ । ६ वटा मेशिन ल्याएर ट्रक निकाल्ने र त्यसपछि पहिरो हटाउने कार्य गरिने छ ।
मिर्गौला उपचारका लागि जी-ट्वान्टी फाइभ क्लवद्वारा ४८ हजार सहयोग
मंगलबार, असार २४, २०८२
बुटवल - बुटवलका मिलन लाम्टाङेको उपचारमा आर्थिक समस्या भएपछि बुटवल ११ देवीनगरमा रहेको जी ट्वान्टी फाइभ क्लवले आर्थिक सहयोग गरेको छ । बुटवल ३ गोलपार्कमा रहेको उनको घरमै पुगेर मिलनका आमाबुवालाइ क्लवले चेक तथा नगद गरि ४८ हजार १ सय ६५ रुपैँया प्रदान गरेको हो ।
बुटवलमा रहेकाे सिद्धार्थ केवलकारको कार्यालय काठमाण्डौमा शुभारम्भ, छिट्टै आईपिओ खाेलिने
मंगलबार, असार २४, २०८२
बुटवल- बुटवलमा केवलकार सञ्चालन गरेको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालय काठमाण्डौंमा स्थापना गरिएको छ । काठमाडौंको तीनकुनेमा स्थापना गरिएको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालयको सोमबार प्रभु ग्रुपका अध्यक्ष भोजकुमार खड्का र सिद्धार्थ केबलकार लिमिटेडका सञ्चालक ई रमेशकुमार सापकोटाले रिबन काटेर उद्घाटन गरेका हुन । प्राथमिक सेयर (आइपिओ) निष्कासनको सहजिकरण गर्न...
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित
मंगलबार, असार २४, २०८२
काठमाडौं - सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति जुटेको हो ।
सिद्धबाबा पहिरोमा परि घाइते दम्पतीमध्ये श्रीमान् जनकको मृत्यु
मंगलबार, असार २४, २०८२
बुटवल– सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा सिद्धबाबा नजिकै मङ्गलवार माथिबाट खसेको पहिरोमा परि मोटरसाइकलमा सवार २ जना घाइते मध्ये एक जनाको मृत्यु भएको छ। पाल्पा रामपुर नगरपालिका ६ ताल पोखरा निवासी ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो । उनकी श्रीमती २९ वर्षीय कल्पना चापागाईँ घाइते भएको पाल्पा प्रहरीले जनाएको छ...
पाल्पा सिद्धबाबा पहिरोमा परि रामपुरका दम्पती घाईते, प्रहरीले तुरुन्तै उद्धार गर्दा थप क्षती भएन
मंगलबार, असार २४, २०८२
बुटवल– सिदार्थ राजमार्ग अन्तरगत पाल्पा सिद्धबाबा नजिकै मंगलबार माथिबाट खसेको पहिरोमा परि मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । तिनाउ गाउँपालिका ३ सिद्धबाबा पहिरो क्षेत्रमा बुटवलबाट पाल्पा रामपुर जादै गरेको लु५१ प ६६३३ नंको मोटरसाईकलमा सवार श्रीमान श्रीमती घाईते भएका हुन् । पाल्पा रामपुर नगरपालिका ६ तालपोखरा निवासी ३६...
लोमान्थाङमा बाढीः सतर्क रहन प्रशासनको आग्रह
मंगलबार, असार २४, २०८२
काठमाडौं – मुस्ताङको लोमान्थाङ खोलामा बाढी आएपछि मंगलबार साँझबाट तटीय क्षेत्रका बासिन्दालाई अलर्ट रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले चेतावनी सहित निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुषालले खोला नजिकका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको बताएका छन् ।
रुपन्देही–३ मा नाउपाका उम्मेदवारलाई सघाउने मोर्चाको निर्णय
मंगलबार, असार २४, २०८२
बुटवल– संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ। नाउपाले कस्लाई उठाउने भन्ने बिषयमा अझैसम्म टुंगो लगाएको छैन ।
मन्त्रीसँग आन्दोलनरत चिकित्सकको छलफल
मंगलबार, असार २४, २०८२
आन्दोलनरत चिकित्सकका तर्फबाट नेपाल चिकित्सक सङ्घ, अफिन, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज, नेपाल डेण्टल एशोसिएसन, नर्सिङ् एशोसिएसन अफ नेपाल लगायतका संस्थाका प्रतिनिधिहरू वार्ताका लागि गएको चिकित्सक सङ्घले जनाएको छ।
नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने
मंगलबार, असार २४, २०८२
प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । जसमा अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेको छ ।
गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित
मंगलबार, असार २४, २०८२
अचार्यले अहिलेसम्म आफुहरुले भलिवलका खेलाडी पहिचान भएसम्म खोजेर सम्मान गरिरहेको बताए। उहाँले पुराना योगदान गरेका व्यक्तिहरुको खोज र सम्मानले नयाँलाई उर्जा प्राप्त हुने बताए।
पकेट क्षेत्रमा रोपियो टिमुर
मंगलबार, असार २४, २०८२
वडालाई टिमुर पकेट क्षेत्रका रूपमा घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ का किसान परवीर पुनले डिभिजन वन कार्यालयबाट वितरण गरिएको टिमुरका बिरुवा त्यस क्षेत्रका किसानका साथै कालिका सामुदायिक वनमा समेत रोपण गरिएको बताए ।
बुटवल उपमहानगरपालिका–१२ स्थित योगीडाँडामा बुद्धकालीन भग्नावशेष फेला
मंगलबार, असार २४, २०८२
सङ्ग्रहालयको अवधारणा अनुसार ट्रस्ट लगाएर राखेको छ । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले योगीडाँडा क्षेत्रमा फेला परेका ऐतिहासिक महìवका वस्तुको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त क्षेत्रको थप उत्खननका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताए।


