Lumbini Rise
देउवासँगको छलफलपछि बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा
देउवासँगको छलफलपछि बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन् ।
बाँकेमा १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा
बाँकेमा १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा बाँके जिल्लाका १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यो वर्ष १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा रहेको अनुमान गरेर सो जोखिमलाई न्यूनीकरण गर्न पूर्व तयारी गरिएको छ । 
रुपन्देही ३ उपनिर्वाचन : २१ साउनदेखि दल दर्ता गरिने
रुपन्देही ३ उपनिर्वाचन : २१ साउनदेखि दल दर्ता गरिने बुटवल – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो ।
सर्प सारथी: पाण्डे परिवार
सर्प सारथी: पाण्डे परिवार बुटवल– रूपन्देहीमा एउटा यस्तो परिवार छ, सिंगो परिवार नै सर्प संरक्षणमा खटिन्छन् । सर्पको संरक्षणमा किन भन्ने प्रश्न मनमा उब्जनसक्छ तर, उनीहरु भन्छन् –‘पर्यावरण, पारिस्थीतिकिय प्रणालीका लागि पनि सर्प जोगाउनुपर्छ।’ शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष पाण्डे सहित उनका २ छोराहरु सर्प संरक्षणको अभियानमा संलग्न छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन्।  विहिबार प्रदेश सभामा घोषणा भएको परिणाम अनुसार मुख्यमन्त्री कमल शाहको पक्षमा ३० मत पाएका छन् भने बिपक्षमा १५ मत परेका छन्।
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका रामहरी सिलवाल पनि पक्राउ
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका रामहरी सिलवाल पनि पक्राउ बुटवल- करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका एक सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन घर भएका रामहरि सिलवाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष काठमाडौं - नागरिक उन्मुक्ति पार्टी नाउपाले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ । हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो ।
फरार मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष पक्राउ 
फरार मार्गदर्शन सहकारी भैरहवाका अध्यक्ष पक्राउ  अध्यक्ष केसी समेतले उक्त सहकारीका शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना गरेको आरोप छ । फरार रहेका दोलखा मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय अध्यक्ष केसीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएपश्चात बुधवार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...
बुटवल अटोले मनायो ३० औँ स्थापना दिवस
बुटवल अटोले मनायो ३० औँ स्थापना दिवस बुटवल- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही लुम्बिनीले आफ्‌नो स्थापना दिवसको अवसरमा आयोजना गरेका विभिन्न रचनात्मक कार्यक्रमहरू समापन गरेको छ । अटो इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट नाम कमाएको संस्थाले साउन ४ गतेबाट स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सहित सुरु गरेको स्थापना दिवसका कार्यक्रम बिहीबार समापन गरेको हो । विहिबार समापन कार्यक्रममा बोल्दै...
दाङ तुल्सिपु्रमा दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे
दाङ तुल्सिपु्रमा दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे बुटवल– दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् ।प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर बिहीबार...
कांग्रेस–एमाले छलफल सकियो, मन्त्री हेरफेरबारे भएन छलफल 
कांग्रेस–एमाले छलफल सकियो, मन्त्री हेरफेरबारे भएन छलफल  काठमाडौं– सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । विहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो । बैठकमा संसद्मा विचाराधीन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्यायाधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ ।
भैरहवामा जथाभाबी फोहोर फाले ५० हजार जरिवाना
भैरहवामा जथाभाबी फोहोर फाले ५० हजार जरिवाना भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको जथाभाबी फोहोर फाल्ने माथि कडा निगरानी गरिरहेको छ । सरसफाइ तथा फोहोर उठाउन नियमित रूपमा ट्याक्टरहरू घर घरमा पुर्याउदा समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकिए पछि नगरपालिकाले निगरानी बढाएको हो ।
Weather Update