भारतीय राजदूतावासद्धारा लुम्बिनीमा योग प्रदर्शन
शुक्रबार, असार ६, २०८२
बुटवल– नेपाल स्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा शुक्रबार लुम्बिनीमा योग प्रदर्शनको आयोजना गरेको छ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती तथा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उपस्थित थिए। प्रदेश प्रमुख घर्ती र खेलकुदमन्त्री चौधरीले पवित्र लुम्बिनी भूमि योग जस्तो शान्तिपूर्ण अभ्यासको उपयुक्त स्थल भएको बताउँदै भारत–नेपालबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्न मद्त पुर्याएकोमा भारतीय दूतावासलाई धन्यवाद दिए।
लुम्बिनी सहित चार प्रदेशमा भारी बर्षा हुने
बिहीबार, असार ५, २०८२
बुटवल – लुम्बिनी प्रदेश सहित अधिकांश भूभागमा आज बर्षा हुने भएको छ । लुम्बिनी सहित कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग मनसुनी वायुको प्रभाव रहेको छ । देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पश्चिम बङ्गाल आसपासको...
स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छ : मुख्यमन्त्री आचार्य
बिहीबार, असार ५, २०८२
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको मुख्यमन्त्री आचार्यले बताएका हुन् ।
दुम्कीवास–दाउन्ने खण्डको सडक प्रभावित, वैकल्पिक सडक प्रयोग गर्न सुझाव
बिहीबार, असार ५, २०८२
बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास–दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएपछि यात्रा कष्टकर बनेको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो। पटक पटक डाईभर्सन बगाउने गरेको छ ।
चट्याङ लागेर कपिलबस्तुमा एक महिलाको मृत्यू
बुधबार, असार ४, २०८२
कपिलवस्तु –कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ । जिल्लाको विजयनगर गाउँपालिका –५, नौरंगियामा चट्याङ लागेर ४५ वर्षीय जन्ममति यादवको मृत्यू भएको हो । बुधवार साँझ करिब साढे ५ बजे डालपुर–नयाँ बस्ती नजिकको खेतमा भैँसी चराइरहेकी यादवलाई अचानक चट्याङ लागेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
बालक एरिक र इभानको उपचारमा आर्थिक सहयोग गर्न परिवारको अपिल
बुधबार, असार ४, २०८२
भैरहवा - सुन्न र बोल्न नसक्ने आफ्ना सन्तानको उपचारमा आर्थिक सहयोग गर्न यहाँको एक परिवारले सबैमा आह्वान गरेका छन् । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं ३ मा स्थायी घर भई हाल सिद्धार्थनगर–९ मा बस्दै आएका सन्तराम थारु तथा सुनिता कार्कीका ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक थारु र इभान थारु दुबै...
बिनयी खोलामा डाइभर्सन निर्माणपछि गाडी चल्न शुरु
बुधबार, असार ४, २०८२
नवलपरासी — बाढीले बगाएको बिनयी खोलामा डाइभर्सन निर्माण गरेपछि बुधबार रातीदेखि दुम्कीवासमा यातायात सञ्चालन भएको छ । मंगलबार रातिको यातायत सञ्चालन रोकिएको थियो । दुम्कीवासको बिनयी खोलमा डाइभर्सन निर्माण गरेर बुधबार बेलुका ७ बजेबाट एकतर्फी यातायात सुरु भएको जिल्ला प्रहरी प्रमुख यादव ढकालले बताएका हुन । बुटवलबाट नारायणगढतर्फ आउँदै गरेका...
भैरहवाकाे एक स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यू
बुधबार, असार ४, २०८२
बुटवल– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको एक स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सिद्धार्थनगर नगरपालिका १ स्थित अको पार्कमा पौडी खेल्ने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता...
रास्वपाका सांसदको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित
मंगलबार, असार ३, २०८२
काठमाडौं – प्रतिनिधि सभाको बैठकमा रास्वपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले अवरोध गरेपछि बैठक स्थगित भएको छ । वेल घेरेर रास्वपाले निरन्तर नाराबाजी गरेपछि सभामुखले आजै बस्नेगरी ३० मिनेटका लागि बैठक स्थगित गरे ।
साइकल सौन्दर्य पुस्तकका लेखकसँग बुटवलमा अन्तरक्रिया
मंगलबार, असार ३, २०८२
बुटवल– लेखक तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताबका बारेमा बुटवलमा अन्तरक्रिया गरिएको छ । सोमबार बुटवलस्थित हिमालय बुक हाउसमा लेखकसँग हस्थाक्षर तथा अन्तरक्रिया गरिएको हो । छलफलमा लेखक श्रेष्ठले साईकल सौन्दर्यका विविध पाटाहरुलाई किताबमा उल्लेख गरेको बताउँदै किताब र साईकलका बारेमा सुझाव समेत संकलन गरे ।
विनयीखोलाको डाईभर्सन फेरी बगायो, पूर्वपश्चिम राजमार्ग प्रभावित
मंगलबार, असार ३, २०८२
बुटवल – पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित भएको छ। गएरातिको वर्षाले विनयी खोलाको डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्ने गाडीहरु प्रभावित भएका हुन्। र डाइभर्सनभन्दा माथिबाट पानी बगिरहेकाले गाडी वारपार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता एवम् डिएसपी मधु नेपालले...
पाल्पामा बलेरो जिप दुर्घटना हुँदा बुटवल बस्ने २ जनाको मृत्यू
मंगलबार, असार ३, २०८२
पाल्पा – पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका छन् । दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर...


