
पाल्पा – पाल्पामा एक जनाको शव फेला परेको छ । पाल्पाको तिनाउ गाउपालिका वडा न. ३ सिसुवाको भिरमा अन्दाजी श्रीडाँडा बस्ने बर्ष ६१ क भिम बहादुर सोमईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
७ गतेबाट कोही कसैलाई जानकारी नगराई घरबाट निस्केकोमा ८ गते मृत अवस्थामा शव फेला परेको हो । यस्तै पाल्पाबाट प्रहरीले अवैधरुपमा गोरु लगिदै गरेको अवस्थामा मानिस सहित गोरु नियन्त्रणमा लिएको छ ।
रामपुर नगरपालिका वडा नं १ काँशीवन स्थित कालिगण्डकी करिडोर सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २१ च ८९२८ र प्रदेश २–०३००१ च ३३५६ नम्बरको पिकअप गाडीहरुलाई प्रहरी चौकी केलादीबाट खटिएको प्रहरी टोलीले शंका लागि रोकी चेकजाँच गर्ने क्रममा बा २१ च ८९२८ नम्बरको पिकअपमा ५ वटा र प्रदेश २–०३००१ च ३३५६ नम्बरको पिकअपमा ६ वटा गोरुहरु क्षमता भन्दा बढी कोची घाउ चोट लाग्ने गरी निर्दयीपूर्वक यातना दिई ल्याएको हुँदा दुवै सवारी साधन र चालकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीले पिकअप चालक मकवानपुर हेटौडा उप–महानगरपालिका वडा नं १७ बस्ने वर्ष २८ क सिशान थिङ, जिल्ला बारा जितपुरसिमरा उप–माहनगरपालिका वडा नं २ बस्ने वर्ष २२ को महेश भोलानलाई पक्राउ गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए ।