Lumbini Rise
बुटवल बुद्धनगरका एक पुरुष मृत फेला

बुटवल - बुटवल उपहानगरपालिका-१३ झोलुङ्गे पुल नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल ११, बुद्धनगर बस्दै आएका अन्दाजी ३८ वर्षीय टेकबहादुर चौधरी मृत फेला परेका हुन् । 

प्रहरीका अनुसार शुक्रबार विहान चौधरी पानीको नहरमा घोप्टो अवस्थामा मृत फेला परेका थिए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update