
बुटवल – रूपन्देही उद्योग संघको वार्षिक कार्यक्रम अन्तर्गत अध्ययन अवलोकनको लागि गएको २० सदस्य टोली बुटवल फर्केको छ । संघका अध्यक्ष दिलिप सापकोटाको नेतृत्वमा गएको टोलीले कास्की आसपासका विभिन्न औद्योगिक एवं पर्यटकीय क्षेत्रहरूको अवलोकन गरेको छ ।
संस्थागत भ्रमण गरी सुजल डेरी लगायत उद्योगहरू अवलोकन गरेको थियो भने व्यवस्थापन कार्यालय सँग छलफल समेत गरेको थियो। भ्रमण टोलीले माछापुछ्रे गाउँपालिकामा रहेको ल्वाङ होमस्टे, गण्डकी ट्राउट लगायतका पर्यटकीय क्षेत्रको अवलोकन गरेको संघले जनाएको छ ।
संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले संघले हरेक वर्ष विभिन्न क्षेत्रमा यसैगरी संस्थागत सम्बन्ध विकासका लागि औद्योगिक भ्रमण गर्दै आएको र यसपटक कास्की क्षेत्रलाई छनोट गरिएको बताए । उनले अवलोकन र भेटघाटले संस्थागत सम्बन्ध विस्तार , अनुभव साटासाट र व्यावसायिक प्रवर्धनमा टेवा पुग्ने बताए ।
भ्रमणमा संघका अध्यक्ष दिलिप सापकोटा,निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल, पूर्व अध्यक्ष बोनिन पिया,वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली,प्रथम उपाध्यक्ष जीवकान्त काफ्ले,द्वितीय उपाध्यक्ष हरिबहादुर खत्री ,महासचिव हिरामणी भट्टराई ,कोषाध्यक्ष युवराज आचार्य ,सचिव सुमन बस्याल ,सह कोषाध्यक्ष विशाल बेलबासे सहित सदस्यहरू कृष्ण प्रसाद पोख्रेल ,अखिलेश कसौधन, किरण खरेल, नारायण खनाल,चक्रपाणी तिवारी ,शारदा भट्टराई, लालहरी पाण्डे, मिना तुलाधर, दिलु शाही सहभागी रहेका थिए । टोली शनिबार बुटवल फर्केको थियो ।