Lumbini Rise
एनसेलले सधै अन रोमिङ प्याक शुरु
फाइल

 


काठमाडौं – एनसेलले सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । नेपालभर निर्वाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्ने एनसेलले जनाएको छ।

२८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा, र रोमिङ सुविधा डेटा र भ्वाइस समावेश छन्, जसले यात्रुलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्दछ । यसले ग्राहकलाई आफ्नो यात्राका दौरान बिना कुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल, र १० मिनेटको बाह्य कल ९भारतभित्रै र नेपाल कल गर्न सकिने० सेवा प्राप्त गर्दछन् । यस बाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा एक लाख रुपैयाँसम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेट्छ ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update